युवा संघको महाधिबेशन आगामी असोज २२–२४ मा गर्ने

राजनीति साउन ३२ २०७४ .
Yuva sangh logo 700

काठमाडौं, साउन ३२– एमाले निकट युवा संघले आगामी असोज २२–२४ नवौं राष्ट्रिय महाधिबेसन गर्ने भएको छ ।


युवा संघको स्थायी समिति बैठकले महाधिबेसन मिति तय गरेको हो । बैठकले महाधिबेसन सम्पन्न गर्न राजिव पहारीको संयोजकत्वमा महाधिबेसन मुल आयोजक समिति पनि गठन गरेको छ ।

जसमा दिलु पन्त सहसंयोजक, किरण पौडेल महासचिव, संघका पदाधिकारी, केन्द्रीय सदस्यहरु, आयोगका सदस्यहरु, प्रदेश र जिल्ला कमिटिका सदस्यहरु सदस्य रहेका छन् । उपत्यकाको हकमा भने जिल्ला, महानगर,उपमहानगर, नगर र निर्वाचन क्षेत्रिय कमिटि रहेको मुल व्यवस्थापन समिति गठन भएको छ ।


युवा संघले महाधिबेसनको मुल नारा ‘सुखी नेपाली र सम्मृद्ध नेपाल निर्माणका लागि अवको युवा अभियान, राष्ट्रिय स्वाभिमान र संविधानको पुर्ण कार्यन्वयनको पक्षमा नवौ राष्ट्रिय महाधिबेसन’ तय गरेको छ ।


त्यस्तै युवा संघले प्रादेशिक कमिटिका संयोजक र सहसंयोजकको जिम्मेवारी पनि तोकेको छ । जसअनुसार, प्रदेश नम्बर १ को संयोजकमा परशुराम बस्नेत र सह-संयोजकमा हिमाल लिम्बु रहेका छन् ।

त्यस्तै प्रदेश नम्बर २ मा क्रमश मन्जु यादव र राममणि मिश्र छन् । त्यस्तै ३ मा प्रकास गौतम र नितेश पौडेल छन् । ४ मा क्रान्ति बुर्लाकोटी र शिव पौडेल ५ मा मनोहर बुढाथोकी र सरिता शिशिर छन् । ६ र ७ मा क्रमशः हस्त शाही, निपेन्द्र महत तथा नरेश शाही र गजेन्द्र शाही रहेका छन् ।
 

 

प्राप्त प्रतिकृयाहरू

To Top