काठमाडौं, साउन ३०–अविरल वर्षापछि आएको वाढी पहिरोबाट हालसम्म ६६ जनाले ज्यान गुमाइसकेको गृहमन्त्रालयले जनाएको छ । बाढीका कारण तराईको जनजीवन कष्टकर बनेको छ ।
सप्तरीको कोइलाडी– ६ का बालक कमल सदाको मृत्यु भयो । आइतबार मृत्यु भएका उनी केहि दिनयता बिरामी थिए । उनको मृत्यु भएसँगै आफन्तले परम्पराअनुसार अन्तिम संस्कार गर्न (शब गाढ्न) चाहेको थियो । तर, अविरल वर्षाका कारण जताजतै बाढी नै बाढी हुँदा त्यो सम्भव भएन र काका देवकुमार सदाले पानीमा बगाइदिए ।
उक्त दर्दनाक क्षणलाई यूरोपियन फोटो एजेन्सी (ईपीए)का फोटो पत्रकार नरेन्द्र श्रेष्ठले क्यामेरामा कैद गरेका हुन् ।
उनले सप्तरीमा केहि दिनअघि खिचेको तस्बिर पनि निकै भाइरल बनिरहेको छ । उक्त तस्बिरमा बाढीकाबीच एक पीडित गाईको बाच्छो र बाख्रा काँधमा हालेर सुरक्षित स्थानतिर लम्किइरहेको देखिन्छ ।
प्राप्त प्रतिकृयाहरू