बाढी पीडितलाई एक महिनाको तलब दिने राजपा सांसदको घोषणा

राजनीति साउन ३० २०७४ .
Rajpa flag 0

काठमाडौं, साउन ३०–राजपा नेपालका सांसदहरुले एक महिनाको पारिश्रमिक तराई मधेसका बाढी पीडितलाई दिने घोषणा गरेका छन् ।  आज बसेका  राजपा सांसदहरुको बैठकले  एक महिनाको तलब दिने निर्णय गरेको हो ।


निर्णयअनुसार सांसदहरुले एउटा कोष खडा गरेर एक महिनाको पारिश्रमिकका साथै अरु सुभेच्छुकसँग संकलन गरेर पीडितको राहतमा खर्च गर्नेछन्  ।


बैठकले बाढी पीडितको राहत तथा उद्दारकार्य प्रभावकारी बनाउन  प्रधानमन्त्री शेरबहादुर देउवालाई मंगलबार ज्ञापनपत्र बुझाउने निर्णय पनि गरेको छ ।  शुक्रबारदेखि परेको अविरल वर्षाका कारण आएको वाढीले तराईका जिल्लाहरुमा जनधनको ठूलो क्षति भएपछि राजपाले यस्तो निर्णय गरेको हो ।


यसैबीच राजपाले सांसदहरुले पार्टीलाई तिर्नुपर्ने लेबी तोकेको छ।  पार्टीको निर्णयअनुसार सांसदहरुले अब पार्टीलाई मासिक रु ८ हजार लेबी तिर्नुपर्नेछ  ।  
 

 

प्राप्त प्रतिकृयाहरू

To Top