गृह मन्त्रालयद्धारा राहत संकलन संयोजन समिति गठन

समाज साउन ३० २०७४ .
Home ministry

काठमाडौँ, साउन ३०–बाढी पहिरो प्रभावित क्षेत्रहरुमा थप राहत प्रदान गर्न गृह मन्त्रालयले सहसचिव केदार न्यौपानेलाई राहत संकलन संयोजन समितिको संयोजक तोकेको छ ।
राहत सामाग्री त्रिपाल, भाँडाकुँडा, खाद्यन्न दाल, चामल, नुन, तेल, ड्राइफुड लगायत नयाँ लत्ताकपडा उपलव्ध गराउन इच्छुक निजी कम्पनी, सामुदायिक संघ संस्था तथा व्यक्तिहरुले राहत संकलन संयोजन समितिका संयोजकसंग समन्वय गरी काठमाडौंस्थित थापाथलीमा रहेको नेपाल खाद्य संस्थानको गोदाम घर वा विश्व खाद्य कार्यक्रम त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको गोदामघरमा हस्तान्तरण गर्न सकिने मन्त्रालयले जनाएको छ ।
गृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले आईतबार पश्चिम र पुर्वका केही बाढी प्रभावित क्षेत्रका जनतालाई भेटेपछि व्यवस्थापन कार्य तिव्र पार्न सो समिती गठन गरिएको हो । गृहमन्त्री शर्माले अहिलेको संकटको घडीमा सबैमा संयम अपनाउदै सहयोगी हातहरु अगाडी बढाउन आग्रह समेत गरेका छन् । प्रधानमन्त्रीसँगै गृहमन्त्रीसहितको टोली आज मध्य तथा पुर्वी प्रभावित क्षेत्रको निरीक्षणमा निस्केको छ । गृहमन्त्रालयले सहयोग गर्न चाहनेलाई अवाश्यक सम्पर्क गर्नुपरेमा सहसचिव न्यौपाने–सम्पर्क नं ९८५११४००११० मा सम्पर्क गर्न आग्रह गरेको छ ।
 

प्राप्त प्रतिकृयाहरू

To Top