देशका धेरै स्थानका मुख्य तथा सहायक राजमार्गहरु अवरुद्ध

समाज साउन ३० २०७४ .
Dang

काठमाडौं, साउन ३०– बाढी र पहिरोका कारण देशका धेरै स्थानका मुख्य तथा सहायक राजमार्गहरु अवरुद्ध छन् । तर, सडक निर्माण, अनुगमन र हिसावकिताव राख्ने सडक विभागलाई भने कुन कुन स्थानका सडक अवरुद्ध छन् भन्ने अहिलेसम्म पत्तो नै छैन ।


सडक विभागका सुचना अधिकारी दयाकान्त झाका अनुसार देशभर नै सुचना संकलनको काम भइरहेकाले कुन कुन सडक अवरुद्ध छन् भनेर अहिल्यै भन्न सक्ने अवस्था छैन । ‘भोली सम्ममा रिपोर्ट आउला त्यसपछि भन्न सकिन्छ’ झाले भने, ‘अहिले क्षतिको विवरण संकलनको काम मात्र भइरहेको छ । निर्माणको काम त पछि मात्रै हुन्छ ,तत्काल अवरोध हटाएर सुचारु गर्नतर्फ विभागले प्रयास गरिरहेको छ ।’ कुन कुन स्थानको अवरोध हटाइएको हो ? भन्ने प्रश्नमा झाले आज विदाको दिन भएकाले आफुसँग त्यसको रेर्कड नभएको बताए ।


झाका अनुसार पुर्वका मेची र कोशी दुबै राजमार्ग बाढी तथा पहिरोका कारण ठप्प छन्  भने ताप्लेजुङ र पाँचथरका सडक पनि भत्किएका छन् ।  बाढीका कारण पुर्वपश्चिम राजमार्ग तीन दिनदेखि अवरुद्ध छ भने त्रिभुवन तथा पृथ्वी राजमार्ग पनि पहिरोका कारण ठाउँठाउँमा अवरुद्ध छन् । पुर्वपश्चिम राजमार्गका विभिन्न स्थानमा सडक भत्किएको तथा केहि स्थानका पुल समेत बगेका छन् ।


बारा जिल्लाको पथलैयादेखि सुनसरीको ईटहरीसम्मका सडक खण्ड धेरै स्थानमा बाढीले कटान गरेकाले त्याँहा यातायात सञ्चालनमा कठिनाई भएको छ । सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा खण्डको सिद्धबाबामा खसेको पहिरो पनि हटाउन नसकिएको प्रहरीले जनाएको छ  भने फर्पिङ मार्ग पनि अवरुद्ध जस्तै छ ।
 

प्राप्त प्रतिकृयाहरू

To Top