समाचार / समाज

नवलपरासीको दाउन्ने सडकखण्ड खुल्यो

साउन २९ २०७४     .
Nawalparasi

परासी  साउन,२९ । तीन दिनदेखि अवरुद्ध पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको दाउन्ने सडक सञ्चालनमा आएको छ । आइतबार दिउँसोबाट सडक एकतर्फी सञ्चालनमा ल्याइएको हो ।

लगातारको वर्षाका कारण नवलपरासीको दाउन्ने क्षेत्रमा पहिरो गएर सडक भासिएको थियो । विभिन्न स्थानमा पहिरो खसेका कारण राजमार्ग अवरुद्ध भएको थियो ।

विनयी-त्रिवेणी गाउँपालिका र बर्दघाट नगरपालिका क्षेत्रमा पर्ने दाउन्नेमा पहिरो गएपछि राजमार्ग अवरुद्ध हुँदा हजारौं यात्रुहरु अलपत्र परेका थिए । अहिले पालैपालो गाडी पठाउन सुरु गरिएको छ ।

शुक्रबार राति साढे १० बजेतिर बर्दघाट-४ एस मोड लगायतका ठाउँमा पहिरो खसेपछि सडक अबरुद्ध भएको थियो ।

0 प्रतिकृयाहरू प्राप्त

To Top