समाचार / समाज

गृहमन्त्रालयको रिपोर्ट :देशभरको बाढी पहिरोमा अहिलेसम्म ४७ जनाको मृत्यु ,३६ बेपत्ता

साउन २९ २०७४     .
Badhi duban 768x460

काठमाडौं, साउन २९– लगातारको बर्षाका कारण देशभर आएको बाढी पहिरोमा परि अहिलेसम्म ४७ जनाको मृत्यु भएको छ भने बेपत्ताको संख्या ३६ पुगेको छ । बाढि पहिरोमा परि मृत्यु हुनेको संख्या अझै बढ्न सक्नेछ गृहमन्त्रालयले जनाएको छ ।

त्यस्तै बाढी पहिरो र डुवानबाट ३ हजार ५ सय ६१ घरपरिवार विस्थापित भएका छन् भने २० जना घाइते भएका छन् । मन्त्रालयका अनुसार बाढी, पहिरो र डुवानबाट २३ जिल्ला बढि प्रभावित बनेका छन् ।

गृहमन्त्रालयका अनुसार बाढी पहिरोबाट सवैभन्दा बढि मानवीय क्षति रौतहट जिल्लामा भएको छ । रौतहटमा ८ जनाको मृत्यु भएको छ भने १० जना बेपत्ता र २ जना घाइते भएका छन् भने ९५ घरपरिवार विस्थापित भएका छन् ।  त्यसपछि सुनसरीमा धेरै मानवीय क्षति भएको छ । सुनसरीमा ८ जनाको मृत्यु, ५ जना बेपत्ता र ३ जना घाइते भएका छन् । मोरङमा पनि ५ जनाको मृत्यु भएको छ भने ३ जना बेपत्ता हुनुका साथै १२०० परिवार विसथापित बनेका छन् ।

त्यस्तै सिन्धुलीमा ४, बाँकेमा ३, सर्लाहीमा २, बारा, धनुषा,बर्दिया, पाँचथर, पाल्पा, कपिलबस्तु र चितवनमा एकएकजनाको मृत्यु भएको छ । त्यसैगरी झापा ३ मृत्यु ३ बेपत्ता तथा मकवानपुर २ मृत्यु ८ वेपत्ता भएका छन् । दाङ र सुर्खेतमा २÷३ जनाको मृत्यु भएको छ ।

बाढीबाट मोरङमा १२ सय, नवलपरासीमा १२०, धनुषामा २०, बर्दिया १३६, सप्तरीमा ३००,झापा १२०० सय पर्सा ३ रौतहट ९५, दाङ ४५२, र धादिङ ३४ घरपरिवार विस्थापित बनेका छन् ।
 

0 प्रतिकृयाहरू प्राप्त

To Top