समाचार / समाज

देशभरको बाढी पहिरोमा ५१ जनाको मृत्यु ,राहत तथा उद्धारमा कठिनाई

साउन २९ २०७४     .
Pahiro

काठमाडौं,साउन २९– लगातारको बर्षाका कारण देशभर आएको बाढी पहिरोमा परि अहिलेसम्म ५१ जनाको मृत्यु भएको छ । गृहमन्त्रालयका अनुसार बाढि पहिरोमा परि मृत्यु हुनेको संख्या अझै बढ्न सक्नेछ । गृहमन्त्रालयले आइतबार बिहान १० बजे दिएको जानकारी अनुसार मृतकको संख्या ५१ पुगेको छ भने घाइते १६ र वेपत्ता ८ जना रहेका छन् ।

पाच्चथरदेखि बर्दियासम्म बाढी, पहिरो र डुवनाका कारण लाखौ मानिस प्रभावित बनेका छन् । कतिपय स्थाननमा हवाई तथा सडक यातायात अवरुद्ध भएका छन् । त्यस्तै बाढी र डुवानले कतिपय स्थानको टेलिफोन सेवा समेत अवरुद्ध भएको छ । गृहमन्त्रालय सूचना शाखाका अनुसार क्षतीको विवरण आउने क्रम जारी छ ।

गृहमन्त्रालयले टिपाएको जानकारी अनुसार सिन्धुली ४, सुनसरी ८, बाँके ३, वारा १, सार्लाही २, मोरङ ५, मकवानपुर ६, धनुषा १, झापा २ रौतहट ७, दाङ २, पाल्पा १, सुर्खेतमा २ जनाको मृत्यु भएको छ । मृत्यु भएका अन्यको विवरण आउन बाँकी रहेको छ । त्यस्तै बाढी पहिरोमा परेर १६ जना घाइते भएका छन् भने ८ जना बेपत्ता भएको खवर छ ।

त्यस्तै, यसअघि पाँचथरमा ३ तथा बर्दियामा १ जनाको मृत्यु भइसकेको छ ।

यसैबीच सरकारले राहत तथा उद्धारको प्रयास जारी राखेको जनाएको छ । उसले स्थानीय निकाय र केन्द्रबाट सम्भव भएसम्म राहत तथा उदार कार्य भइरहेको बताएको हो । गृहप्रवक्ता दिपक काफ्लेका अनुसार सडक यातायात समेत धेरै स्थानमा अवरुद्ध भएकाले कतिपय स्थनामा उद्धारमा कठिनाइ भइरहेको बताए ।
बर्षाका कारण कोसी मेचि, गण्डकी, भेरी नारायणी कमला, लगायतका नदि तथा स्थानीय खोलाहरुमा बाढी आएको छ । जसले बस्ती तथा शहर र सडकलाई क्षती तुल्याएको छ । तराइका सुनसरी, सप्तरी धनुषा, रौतहट, बारा, मोरङ, बर्दिया लगायतका जिल्ला बढी डुवानमा परेका छन् ।     
 

0 प्रतिकृयाहरू प्राप्त

To Top