समाचार / समाज

दाङमा यातायात सेवा बन्द

साउन २८ २०७४     .
Dang

तुलसीपुर, साउन २८ - रातिदेखी परेको लगातारको बर्षाका कारण दाङमा यातायात सेवा ठप्प भएको छ । बाढीबाट जिल्लाका बिभिन्न स्थानमा क्षति पुगेको छ । तुलसीपुर घोराही सडक खण्डको हातिखौवामा बाढीले करिव १० मिटर सडक बगाउँदा यातायात सेवा बन्द भएको छ । राप्ती राजमार्गको तुलसीपुर अमिलीया सडक खण्ड अन्र्तगत विभिन्न स्थानमा पहिरो जादाँ सडक अवरुद्ध भएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्वर १३ अम्वापुरमा ३ वटा घर भत्किएका छन् ।

तुईखोलामा आएको बाढीका कारण अम्वापुरका डिल्लीबहादुर चौधरी, पूर्णबहादुर चौधरी र साईती चौधरीको घर भत्किएको छ । सोही वडाको चन्दनपुरमा समेत बाढी पस्ने त्रासका कारण स्थानीय रातभर सुतेका छैनन् ।

२०७२ सालमा बाढीका कारण अत्यन्त प्रभावित क्षेत्र तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ११ मोतिपुर गाँउ छेउछाउसम्म बबई नदिको बहाव पुगेको स्थानीय लिलाध्वज बस्नेतले जानकारी दिए ।

बाढीका कारण जिल्लामा पुल नभएका सडक खण्ड अबरुद्ध भएका छन् यसैगरि तुलसीपुर उपमहानगरपालिकाले उद्दार टोलि परिचालन गरेको बताएको छ ।

उपमहानगरपालिका मेयर घनश्याम पाण्डेले सवैलाई सजग रहन आग्रह गरेका छन् ।

 

0 प्रतिकृयाहरू प्राप्त

To Top