समाचार / समाज

पहिरोले सिद्धबाबामा मोटरसाइकल पुरिदा एकको मृत्यु, अर्का घाइते

साउन २८ २०७४     .
Butwal palpa sadak

पाल्पा, साउन २८ ।
अविरल वर्षासंगै खसेको पहिरोले सिद्धार्थ राजमार्गको तिनाउ, २ दोभान सिद्धबाबामा मोटरसाइल पुरि“दा एक जनाको मृत्यु भएको छ भने सोही मोटरसाइकलमा यात्रा गरेका अर्का एकजना घाइते भएका छन् । बुटवलबाट पाल्पाको तानसेन आउदै गर्दा लु १३ प १३६५ नम्बरको मोटरसाइल पहिरोले पुरि“दा घाइते भएका तानसेन, ३ का ३५ वर्षिय गृहपति शाक्यको मृत्यु भएको छ । मोटरसाइकलमा सवार ५० वर्षिय अजय श्रेष्ठ घाइते भएका हुन् ।
उनीहरुको तत्काल उद्दार गरेर लुम्विनी अञ्चल अस्पताल बुटवलमा उपचारकालागि लगिएको थियो । गम्भीर घाइते शाक्यको थप उपचारकालागि मणीग्राम लगिएको थियो । उपचारको क्रममा शुक्रबार राती नै शाक्यको मृत्यु भएको ट्राफिक प्रहरी प्रमुख प्रविण आचार्यले बताउनुभयो । उनको खुट्टा र ढाडमा चोट लागेको थियो । शुक्रबार दिनभर पानी परेको र राती फर्किने क्रममा खसेको पहिरोमा उनीहरु पुरिएका हुन् । राती अबेर सडक डिभिजनको डोजरले सडक एकतर्फि खुलाएको छ । सिद्दार्थ राजमार्गको सिद्धबाबा क्षेत्रमा यसवर्ष माथिबाट ढुंगा खसेर लागेको यो चौथो घटना हो । अघिल्लो वर्ष साना ठूला आठ दुर्घटना भएको थियो भने ६ जनाले ज्यान गुमाएका थिए ।
राजमार्गमा यात्रा गर्न सास्ती छ भने प्रत्येक पल्ट त्रासको यात्रा हुने यात्रु विष्णुप्रसाद पाण्डेयले बताउनुभयो । सिद्धार्थ राजमार्ग भएर पाल्पा, गुल्मी, अर्घाखा“ची, स्याङ्गजा, कास्की, पर्वत, बाग्लुङ्ग, बेनी लगायतका स्थानमा जाने र त्यहा“बाट बुटवल जाने सवारी साधन संचालनमा हुन्छन् । पछिल्लो समय नारायणगढ–मुग्लिन बाटोमा पहिरो खस्ने र रातीमा सवारी साधन चल्न नदिएपछि अहिले यही राजमार्ग भएर सवारी साधन चलेका छन् ।

 

0 प्रतिकृयाहरू प्राप्त

To Top