समाचार / राजनीति

चुडामणि शर्मालाई साधारण तारेखमा रिहा गर्न आदेश

साउन २७ २०७४     .
Chuda mani 21 640x300

काठमाडौं, साउन २७– सर्वोच्च अदालतले आन्तरिक राजस्व विभागका निलम्बित महानिर्देशक चुडामणि शर्मालाई साधारण तारेखमा रिहा गर्ने आदेश दिएको छ ।

शर्मालाई गैरकानुनी थुनामा राखेको भन्दै परेको बन्दीप्रत्यक्षीकरण मुद्दामा सर्वोच्चले शुक्रबार यस्तो निर्णय सुनाएको हो ।

न्यायाधीशहरु दीपकराज जोशी, दीपककुमार कार्की, केदारप्रसाद चालिसेसहितको बृहत पूर्ण इजलासले यस्तो आदेश दिएको हो ।

शर्माले १० अर्ब भ्रष्टाचार गरेको अभियोगमा अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको थियो । गत असार ४ गते न्यायाधीशद्वय चोलेन्द्रशमशेर जबरा र प्रकाश राउतको संयुक्त इजलासले शर्माको विशेषको मुद्दालाई यथास्थितिमा राख्न आदेश दिएको थियो ।

शर्मालाई अख्तियारले अर्वो भष्टचार गरेको भन्दै गत जेठ १९ गते पक्राउ गरि बिशेष अदालतमा पेश गरेको थियो ।

त्यसपछि शर्माकी श्रीमती कल्पना उप्रेतीले विशेष अदालतलाई विपक्षी बनाई शर्मालाई गैरकानूनी रूपमा थुनामा राखेको जनाउँदै गत असार २७ गते बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दायर गरेकी थिईन् ।

शर्मासँगै भ्रष्टाचार काण्डमा मुछिएका आयोगका अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेशप्रसाद ढकाललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले फरार सूचीमा राखेको छ।
 

0 प्रतिकृयाहरू प्राप्त

To Top