समाचार / समाज

अब भरतपुर पनि हर्न निषेधित क्षेत्र

साउन २७ २०७४     .
Chitwan 768x461

चितवन साउन, २७ । राजधानी काठमाडौं र पोखरासँगै अब भरतपुरमा पनि हर्न निषेधित क्षेत्र बन्ने भएको छ । भदौ १ गतेदेखि भरतपुर र नारायणगढको राजमार्ग क्षेत्र र भित्री भागमा समेत हर्न बजाउन रोक लगाउन लागिएको हो ।

केन्दि्रय बस टर्मिनल भरतपुर, चौवीसकोठी, नारायणगढ लायन्सचोक, शहिदचोक, पुल्चोक, नारायणगढ बसपार्क, मध्यक्षेत्र प्रहरी तालिम केन्द्र अगाडि लगायतका क्षेत्रमा हर्न निषेध गर्न लागिएको ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ ।

आकस्मिकबाहेक अन्य अवस्थामा हर्न बजाउन पाइने छैन । गम्भीर दुर्घटना हुने गरी खतरा भएमा वा सडकको एक भागबाट अर्को भाग नदेखिने मोड आएमा मात्रै हर्न बजाउन पाइनेछ ।

‘हर्न निषेधित क्षेत्रका चोकचोकमा बसेर जाँच हुन्छ’ ट्राफिक प्रहरी प्रमुख सन्तोष पन्तले भने, चालकहरुमाथि कारर्वाही गर्नेभन्दा पनि उनीहरुको आदत बसाल्ने कुरा मुख्य हो ।’

गत वैशाख १ गतेदेखि काठमाडौंमा आकस्मिकर् सवारी साधनलाइ बाहेक अन्य सवारी साधनमा हर्न निषेध गरिएको छ । साउन १ देखि पोखरामा पनि हर्न निषेध गरिएको छ ।

निषेधित क्षेत्रमा हर्न बजाएर पहिलो पटक पाँचसय र दोस्रो पटक एकहजार जरीवाना गर्ने कानुनी व्यवस्था छ ।

 

0 प्रतिकृयाहरू प्राप्त

To Top