समाचार / समाज

बागलुङमा घरको पर्खालले च्यापिएर दुई जनाको मृत्यु

साउन २७ २०७४     .
Ekhabarnepal

बागलुङ, साउन २७ । निरन्तरको वर्षापछि बागलुङको गलकोट नगरपालिका वडा नम्बर ९ बडगाउँमा घरको पर्खालले च्यापिएर दुई जनाको ज्यान गएको छ ।

गत राति करिब १२–१ बजेको समयमा घरको पछाडि पट्टिको गाह्रो भत्किएपछि एकै परिवारका ७५ बर्षिय जयलाल बिक र उनका नाति १३ बर्षिय बिबेक बिकको घटनास्थलै ज्यान गएको ईलाका प्रहरी कार्यालय हरिचौरले जनाएको छ ।
घरमा नाति, हजुरबुबा बस्दै आइरहेका थिए । राति करिब ११ बजेको समयमा बिबेक आफन्तकोबाट टेलिभिजन हेरेर फर्केको उनका आफन्त प्रदिप सुनारले बताए ।
स्थानीय सुनारका अनुसार कक्षा ३ मा पढ्ने नाती विवेक छिमेकीको घरबाट टीभी हेरर घरमा सुत्न आएको केहि समयपछि नै कर्सापरीबाट पहिरोले घरको भत्काएको थियो ।

बिहान अबेरसम्म पनि नाति हजुरबुबा नउठेको देखेपछि आफन्तले हेर्न आउँदा पुरिएको अवस्थामा देखेको र स्थानीयलाई खबर गरेको सुनारले बताए ।

स्थानीय र प्रहरी प्रशासनको सहयोगमा दुवैको शब निकालि पोष्टमार्टमका लागी गलकोट प्राथमिक स्वास्थ्य केन्द्र हरिचौरमा लगिएको छ ।

यसैबीच गलकोट नगरपालिकाले मृतक परिवारका लागी तत्काल राहतरुवरुप रु ३० हजार प्रदान गर्ने बताएको छ । घटनास्थलको स्थलगत अवलोकन गरि गलकोट नगरपालिकाका नगरप्रमुख भरत शर्मा गैरेले रु ३० हजार प्रदान गर्ने बताएका हुन् ।

0 प्रतिकृयाहरू प्राप्त

To Top