समाचार / विश्व

एउटा ‘डान्स स्टेप’ मा साउदी गायक पक्राउ, निम्तियो बहस

साउन २७ २०७४     बीबीसी
Saudi arabia 5edshzsvwk

बीबीसी

साउदी अरबका चर्चित गायकले कन्सर्टमा डान्स गर्ने क्रममा गरेको एउटा स्टेपका कारण पक्राउ गरिएको छ ।

उक्त डान्स स्टेपलाई ‘ड्याबिङ’ भनिन्छ जसमा कुहिना मोडेर त्यसमाथि आफ्नो टाउको झुकाइने गरिन्छ ।

टेलिभिजन प्रस्तोता, अभिनेता र गायक अब्दुल्लाह अल शाहानी तेफ शहरमा एक म्यूजिक फेस्टिबलमा प्रस्तुत गरिरहेका थिए ।

साउदीमा ड्याबिङ गर्न प्रतिबन्ध:

तर साउदी अरबमा यो डान्स  स्टेपमाथि प्रतिबन्ध छ जहाँको प्रशासनले यसलाई लागुऔषध प्रयोगसँग जोडेर देखिन्छ ।

अल शाहानीको ड्याबिङ भएको भिडियो सोसल मिडियामा विशेष सेयर गरियो र हज्जारौं मानिसहरुले यो घटनामाथि ट्वीट गरेका छन् ।

अल शाहानीले उक्त डान्स स्टेप अचानक भएको र अन्जानमा गरिएको बताएका छन् । उनले ट्वीटरमा यसका लागि माफी पनि मागेका छन् ।

गाँजाको प्रयोगसम्बन्धि ?

अमेरिकास्थित जर्जियाको अटलान्टामा यो डान्स स्टेप करिब दुई वर्ष पहिले सुरु भएको थियो । त्यहाँबाट यो पूरा संसारभरी फैलियो र हिलेरी क्लिंटन र पल रेयनसमेत थुप्रै हस्तीले यो डान्स स्टेप गरेको देखिए ।

साउदी गृह मन्त्रालयका ड्रग्स विरोधी राष्ट्रिय आयोगले केही समयअघि उक्त डान्स स्टेपमाथि प्रतिबन्ध लगाइएको थियो किनभने यसलाई गाँजाको प्रयोगसँग जोडिइन्छ ।

मन्त्रालयको तर्फबाट यस सम्बन्धि एक पोष्टर छापेर मानिसहरुलाई ‘जवान र समाजमाथि यसको खतरा र यसको नक्कल गर्ने विषयमा’ चेतावनी पनि दिइएको थियो ।

सोसल मिडियामा बाँडिएको विचारः

अल शाहानीले पहिले नै सोचेर यो स्टेप गरे वा यो अनायसै भयो भन्ने स्पष्ट छैन ।

यस विषयमा सोसल मिडियामा मानिसहरुको विचार बाँडिएको छ ।

भिडियोमा सुनिएको महिलाको आवाज उल्लेख गर्दै पत्रकार अयद अल अयदले ट्वीट गरे, ‘युवतीहरु, तिमीहरु चिच्याउन जारी छ र मेरा लागि यो निकै विचलित गर्ने किसिमको हो । जसले पनि कानून तोड्छ, पक्राउ गरिनेछ । सुरक्षा बललाई धन्यवाद ।’

यस्तै, @brakalhmede ले लेखे, ‘यो डान्स मुभले मानिसहरुमाथि नराम्रो असर पार्ने गर्दछ । उनले जस्तोसुकै स्पष्टिकरण दिएपनि त्यसलाई स्विकार गर्न सकिँदैन ।’

तर केही मानिसहरुले गायकको पक्षमा पनि लेखेका छन् ।

@Kemmooalharbi ले लेखे, ‘मलाई लाग्छ कि यो एक दुर्घटना थियो किनभने म यी व्यक्ति र उनको नैतिकतासँग परिचित छु । उनले माफी मागेका छन् र उनलाई उक्त डान्सको अर्थ थाहा थिएन भनेर बताइसकेका छन् ।’

@asdasd550909800 ले लेखे, ‘उनलाई उक्त डान्सको अर्थ थाहा थिएन भन्ने स्पष्ट छ ।’

 

0 प्रतिकृयाहरू प्राप्त

To Top