समाचार / राजनीति

सरकार र राजपाबीच सहमति

साउन २७ २०७४     .
Rajapa pm deuba

काठमाडौं, साउन २७– बालुवटारमा सत्तारुढ दल र राजपावीचको वार्तामा सहमति जुटेको छ । यो सहमतिले अव मधेशमा राजपासहितको चुनाव करिव करिव सुनिश्चत गरेको छ ।
लफलमा राजपा नेताहरुले सरकारलाई संविधान संशोधन विधेयक निर्णायर्थ पेश गर्न आग्रह गरेअनुसार सरकारले आइतबारै सो विधेयक निर्णायर्थ पेश गर्ने सहमति भएको गृहमन्त्री जनादर्न शर्माले जानकारी दिए ।


त्यस्तै छलफलमा जनआन्दोलन र जनयुद्धका घाइते तथा शहिदलाई बराबर क्षतीपुर्ति दिने सहमति पनि भएको छ । त्यसैगरी राजपाका नेता कार्यकर्तामाथि लगाएको मुद्धा फिर्ता र फैसला भएको मुद्धाको विगो पनि सरकारले लिने सहमति भएको गृहमन्त्री शर्माले बताए ।


यो सहमतिसँगै राजपा नेपाल असोज २ मा हुने २ नम्बर प्रदेशको स्थानीय तह निर्वाचनमा सहभागि हुने निश्चित भएको छ ।   


प्रधानमन्त्रीले बोलाएको बैठकमा सत्ताघटक दलका सवै शीर्ष नेताका साथै राजपाका अध्यक्ष मण्डलका ६ जनै शीर्ष नेता सहभागी थिए । बैठकबाट बाहिरिने क्रममा राजपा नेताहरु उत्साहित देखिएका देखिए ।

यस अघि हिजो मात्र सर्वोच्च अदालतले तराई मधेशमा स्थानीय तहको सँख्या थप्ने संकेत गरेपछि राष्ट्रिय जनता पार्टी नेपालले खुशी व्यक्त गरेका थिए ।

स्थानीय तहको संख्या थप गर्ने सरकारको निर्णय विरुद्ध सर्वोच्च अदालतमा परेको रिट बिहिबार खारेज गरेको थियो ।

 

0 प्रतिकृयाहरू प्राप्त

To Top