समाचार / राजनीति

माओवादी केन्द्रका एरियास्तरका कार्यकर्ता एमाले पार्टीमा प्रवेश

साउन २६ २०७४     .
Uml office

काठमाडौं, साउन २६–  माओवादी केन्द्रका एरियास्तरका कार्यकर्ता एमालेले आफ्नो पार्टीमा प्रवेश गराएको छ ।

एमाले पार्टी कार्यलय धुम्बराहीमा बिहीबार भएको पार्टी प्रवेश कार्यक्रममा माओवादी केन्द्र बुद्धिजिवीका जिल्लास्तरीय नेता गणेशकुमार अधिकारीसहित २२ जनालाई एमाले अध्यक्ष केपी ओली माधव नेपाल लगायतका नेताले पार्टी प्रवेश गराएका हुन् ।

एमालेले नयाँ शक्ति छाडेका रामचन्द्र झा र फोरम लोकतान्त्रिक छाडेका रामेश्वर राय यादव समेतलाई पार्टी प्रवेश गराउने भनेर हल्ला चलाएपनि सो कार्यक्रममा दुवै नेता आएनन् ।
कार्यक्रममा बैद्य माओवादीका ५–६ जना कार्यकर्ता पनि एमालेमा प्रवेश गरेका छन् ।


यसैवीच, एमाले प्रवेश गर्ने हल्लाबारे रामेश्वर राययादवले बाहीर हाएका हल्लाहरुमा सत्यता नभएको प्रतिकृया दिए ।


उनले एमाले लगायत कुनैपनि पार्टीमा प्रवेश गर्ने बारेमा कुरा नभएको बताए ।
 

0 प्रतिकृयाहरू प्राप्त

To Top