समाचार / राजनीति

प्रदेश २ मा ६० बढी स्थानीय तह जित्ने: एमालेको दाबी

साउन २६ २०७४     .
Uml office

काठमाडौं साउन, २६   । प्रमुख विपक्षी दल नेकपा एमालेले प्रदेश २ को चुनावमा ६० बढी स्थानीय तह जित्ने र पहिलो पार्टी बन्ने दाबी गरेको छ ।

एमाले केन्द्रीय सचिवालयको बैठकमा प्रदेश २ मा खटिएका केन्द्रीय पदाधिकारीहरुले रिपोर्टिङ गरेका थिए । पार्टी पक्ति उत्साहजनक ढंगले परिचालन भएको, पार्टी प्रवेश गर्ने क्रम पनि बढेको एमाले नेताहरुको ब्रिफिङ थियो ।


बैठकले केन्द्रीय नेताहरु, सांसद, अन्य प्रदेशमा जितेका स्थानीय जनप्रतिनिधिका साथै मोर्चा संगठनका नेतालाई प्रदेश २ को चुनावमा खटाउने निर्णय गरेको छ ।

 

0 प्रतिकृयाहरू प्राप्त

To Top