दर्जन बढि महत्वपुर्ण विधेयक पेश गदै व्यवस्थापिका संसद बैठक १ बजे

राजनीति साउन २५ २०७४ .
Samsad bhawan bicc 1

काठमाडौं,साउन २५– व्यवस्थापिका संसद बैठक आज दिउँसो १ बजे बस्दैछ । आजको बैठकमा १३ वटा विधेयक पेश र्ने कार्यसुची रहेको छ । तीनजना मन्त्रीले ती विधेयक पेश गर्ने कार्यसूची व्यवसथापिका संसदका महासचिव मनोहर प्रसाद भटराइले जानकारी दिएका छन् । सरकारका मन्त्रीहरुले तीन आयोगसहित अपराधसँग जोडिएका विधेयक पेश गर्नेछन् । बैठकमा स्वास्थ्य मन्त्री गिरिराजमणि पोखरेलले ‘स्वास्थ्य विमा विधेयक, २०७४ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् भने उपप्रधानमन्त्री एवं संघीय मामिला तथा स्थानीय विकास मन्त्री विजयकुमार गच्छदारले ५ वटा विधेयक प्रस्तुत गर्ने कार्यसुचि रहेको छ ।


उनले सामाजिक न्याय तथा मानव अधिकार समितिको प्रतिवेदन सहितको मधेशी आयोग विधेयक, २०७३ माथि छलफल गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने तथा मधेशी आयोग विधेयक, २०७४ लाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम छ । त्यस्तै सामाजिक न्याय तथा मानव अधिकार समितिको प्रतिवेदन सहितको थारु आयोग विधेयक, २०७३ माथि छलफल र थारु आयोग विधेयक, २०७४ लाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नेछन् ।  


मन्त्री गचछदारले सामाजिक न्याय तथा मानव अधिकार समितिको प्रतिवेदन सहितको मुस्लिम आयोग विधेयक, २०७३ माथि छलफल गरियोस भनी प्रस्ताव प्रस्तुत गर्नुकासाथै मुस्लिम आयोग विधेयक, २०७४ लाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम रहेको संसद सचिवालयले जनाएको छ ।
त्यसैगरी अर्का मन्त्री कानून , न्याय तथा संसदीय मामिला मन्त्री यज्ञबहादुर थापाले ५ वटा विधेयक प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।
मन्त्री थापाले विधायन समितिको प्रतिवेदन सहितको अपराधसंहिता विधेयक , २०७१ माथि छलफल गरियोस् भन्ने प्रस्ताव र अपराध संहिता विधेयक, २०७३ लाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने छन् ।


उनले विधायन समितिको प्रतिवेदन सहितको फौजदारी कार्यविधि संहिता विधेयक, २०७१ माथि छलफल गरियोस् भन्ने प्रस्ताव र फौजदारी कार्य्िवधि संहिता विधेयक, २०७३ लाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।
विधायन समितिको प्रतिवेदन सहितको फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन) विधेयक, २०७१ माथि छलफल गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने र फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन विधेयक, २०७३ लाई पारित गरियोस् भनि प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।
 

प्राप्त प्रतिकृयाहरू

To Top