जिसस पाल्पामा एमालेको प्यानल निर्वाचित

राजनीति साउन २४ २०७४ .
Uml

पाल्पा ।
जिल्ला समन्वय समिति पाल्पामा नेकपा एमालेको प्यानलै विजयी भएको छ। एमालेबाट जिल्ला समन्वय समितिका प्रमुखको उम्मेदवार बनेका दयाराज बस्याल १३ मतसहित विजयी भए। उनका प्रतिद्वन्द्वी नेपाली काङ्ग्रेसका हेमप्रसाद अर्यालले ७ मत मात्र ल्याएका छन्। यस्तै समन्वय समितिको उपप्रमुखमा एमालेकै मामिरा मरासिनी निर्वाचित भइन्। उनले १३ मत ल्याउँदा कांग्रेसकी शान्ति थापाझेडीले ३ मतमात्रै ल्याइन्। समन्वय समितिको निर्वाचनबाट सदस्य मातुलबहादुर गाहा, भेषबहादुर वंशी, होमबहादुर ठडराई, इन्द्रकुमारी गाहा, कमला थापा, खरगति राना निर्वाचित भएको मुख्य निर्वाचन अधिकृत भरतमणी पौडेलले जानकारी दिए। तानसेन र रामपुर नगरपालिकासहित १० वटा गाउँपालिका रहेको पाल्पामा सदस्यीय जिल्ला समन्वय समिति बनेको छ। मङ्गलबार नै निर्वाचित सबै पदाधिकारीहरूको सपथ ग्रहण भएको निर्वाचन अधिकृत पौडेलले जानकारी दिए। जिल्लामा तानसेन नगरपालिका सहित ६ गाउँपालिका एमालेले र रामपुर नगरपालिकासहित चार गाउँपालिकामा नेपाली काङ्ग्रेसले प्रमुख र उपप्रमुख पद जितेका थिए।

 

प्राप्त प्रतिकृयाहरू

To Top