भारतीय चेकजाचले नेपालमा कठिनाई

समाज साउन २४ २०७४ .
Naka

भैरहवा,  साउन २४।

सुरक्षाको कारण देखाउदै भारतीय शसस्त्र सीमा सुरक्षा बल (एसएसबी) ले चेकजाचमा कडाई गरे पछि सीमामा आष्तजावतका साथै आयात निर्यात समेत प्रभावित भएकोे छ ।
१५ अगष्टमा पर्ने भारतीय स्वतन्त्रता दिवसलाई मध्यनजर गर्दै सीमामा एसएसबीले चेकजाच बढाएको छ । बेलहिया–सुनौलीनाकाहुदै भारतमा छिरेका बिभिन्नअवैधानिकएवमशंकास्पद बस्तुहरु फेला पर्दै गए पछि सीमामा चेकजाच बढाईएको एसएसबीको भनाई छ ।
भारतीय सुरक्षाकर्मीले नेपालबाट भारततर्फ जाने खाली र मालबाहक ट्रक तथा सर्वसाधारणलाई कडाइका साथ चेकजाँचगर्न थालेपछि आयात–निर्यात नै प्रभावितभएको छ । यो नाकाभएर मालसामानलिएर आउने ट्रक सामानअनलोड गरी पुनःभारत गएर सामानल्याउने हुँदाती ट्रक समयमै त्यसतर्फ जान नसक्दा आयात प्रभावित भएको हो ।
नाकामा कडाइ गरिएसँगै सयौं सवारी साधन सीमा क्षेत्रमाअलपत्र परेका छन् । भारतबाट नेपालआउने सवारी साधन तथा यात्रुलार्ई एसएसबीले अवरोध गरेको छैन । सयौं सवारी साधनबाहिरिने यो नाकामाभारतीयपक्षले दुई÷चार जना सुरक्षाकर्मी राखेर लामो समय चेकजाँचगर्दा आयात–निर्यात प्रभावित भएको छ ।
सीमानादेखि करिब ३ किलोमिटर वर नेपालतर्फ ३ लाईन तथा परासीजाने बाइपास सडकमा १ लाईन लोड गरेका र खाली ट्रकको लाइनलाग्ने गरेको छ । एक हप्ता अघि देखी नै आफहरु लाईनमा बसेको भन्दै भारतीय ट्रक चालकहरुले गुनासो गरेका छन । “संगै ल्याएको पैसा पनि सकियो, पानीखानपाईएको छैन, शौचालय जान पाईउको छैन ।” एक भारतीय ट्रक चालकले भने ।
आयात–निर्यात प्रभावितहुँदा दैनिक७ देखी ८ करोड रुपैयाँसम्म राजश्व नोक्सानभएको भैरहवाभन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत भुपाल राज शाक्यले बताए ।
“अन्य समयमा दैनिक २० देखी २२ करोड रुपैयाँ राजस्व संकलनहुन्थ्यो”, प्रमुख भन्सार अधिकृत शाक्यले भने, “अहिले दैनिक १३–१४ करोडमा सीमित भएको छ ।”भन्सार कार्यालयको तथ्यांक हेर्दा पनि दैनिक७ देखी ८ करोडसम्म राजस्व संकलनमाकमीआएको देखिन्छ । यसले चालू आर्थिक वर्षमा राजस्व संकलनमाभन्सार कार्यालयले लिएको लक्ष्य पूरा गर्नसमेत चुनौती बढेको शाक्यले बताए ।
साउनपहिलो सातादेखि सुरक्षाअवस्था देखाउँदै सीमा क्षेत्रमाभारतीयपक्षले अवरोध गरेपछि नेपालकालागिभारतीय राजदूतमञ्जिवसिंह पुरी, भारतकालागि नेपालका राजदूतदीपकुमार उपाध्याय, भारतीय सुरक्षाबलका डिआइजी, नेपाली सुरक्षानिकायकाप्रमुखहरूबीच अघिल्लो साताभएको छलफलमा भारतीयअधिकारीले सीमा क्षेत्रमाअवरोध नगर्ने सहमतिभएको शाक्यले जानकारी दिए ।
सहमति बमोजित चार–पाँचदिन सवारी साधान आवतजावत गरे पनि पुनः सुरक्षाअवस्थालाई देखाउँदै भारतीयपक्षले नेपालबाट भारततर्फ जाने सवारी साधनलाई कडाइ गरेको हो ।छलफलमा भएको सहमतिअनुसार भारतीयपक्षले नाका सहज गराउनु पर्नेमा झन कडाइ गरेपछि भारतीय अधिकारीहरूसँग कुराकानी गरी नाका सहज गराउन पहल भइरहेको शाक्यले बताए ।
भारतीय सुरक्षानिकायले सबै सवारी साधनतथायात्रुको खानतलासीलिएर मात्र सीमापार हुनदिइरहेको छ । भारत प्रवेशद्वारको मूलगेटमा बसेर एसएसबीले यात्रुको शरीर तथा वस्तुको समेत खानतलासी लिने गरेको छ ।
पहिला सामान्य चेकजाँचगर्ने भारतीय सीमा सुरक्षा बल एसएसबीले अहिले एउटा सवारी साधन चेकजाँचगर्न पनिआधा घण्टाभन्दा बढी समय लगाउने गरेको छ ।

 

प्राप्त प्रतिकृयाहरू

To Top