प्रदेश र प्रतिनिधि सभा निर्वाचन एकैपटक गर्न नसकिने: मन्त्री दहित

राजनीति साउन २४ २०७४ .
Gopal dahit 02

काठमाडौं– भूमिसुधार तथा व्यवस्था मन्त्री गोपाल दहितले प्रदेश र प्रतिनिधिसभाको निर्वाचन एकै चरणमा गर्न नसकिने बताएका छन् ।

मंगलबार काठमाडौमा भएको साक्षात्कारमा मन्त्री दहितले प्रदेश र संघको निर्वाचन एकै चरणमा गर्न नसकिने स्पष्ट पारेका हुन् । उनले भने,‘दुवै निर्वाचन एकै चरणमा गर्नु भनेको अव्यवहारिक हो, संविधानतःपनि दुवै निर्वाचन एकै चरणमा गर्नु हुँदैन्, त्यसैले प्रदेश र संघको निर्वाचन एकै चरणमा हुन सक्दैन् ।’

साक्षात्कारमा उनले नेपालको भू–राजनीतिक अवस्थाको कारणले पनि निर्वाचनको लागि राष्ट्रिय माहोल बनाउनुपर्ने आवश्यकत्ता औंल्याए । मन्त्री दहितले आफूले भूमि प्रशासनलाई आईटी मैत्री बनाउने गरि काम अघि बढाईरहेको समेत जनाए ।

उनले भने,‘मन्त्रालय मातहतको मालपोत कार्यालय, नापी विभाग लगायतका अन्य सेवादायक निकायलाई अनलाईन सेवा प्रदान गर्नेगरि मैले निर्देशन दिईसकेको छु, कतिपय जिल्लाहरुमा अहिले काम पनि भैरहेका छन ।’ उनले प्रत्येक नागरिकलाई आफ्नो जग्गाको अभिलेख आँफैले घरमै बसेर हेर्न सक्ने व्यवस्था गर्नको लागि आफूले यस्तो कामको थालनी गरेको जनाए । |

उनले आफूले अबको दश दिन भित्रै भूमी नीति, भु–उपयोग नीति, भू–उपयोग ऐन, भूमी ऐन सम्बन्धी तयारी अवस्थामा रहेको विद्येयक मन्त्रिपरिषदबाट पारित गराउने जानकारी दिए ।
 

प्राप्त प्रतिकृयाहरू

To Top