फोरम लोकतान्त्रिकका सहमहामन्त्रीद्वारा पार्टी परित्याग

राजनीति साउन २४ २०७४ .
Xrameshwor raya yadav quits forum loktantrik.jpg.pagespeed.ic.2oky2lha2d

काठमाडौँ, साउन २४ – बिजय गच्छदारले नेतृत्व गरेको नेपाल लोकतान्त्रिक फोरमका सह–अध्यक्ष रामेश्वर राय यादबले पार्टीको सम्पूर्ण पदबाट राजीनामा दिनुभएको छ । पार्टी अध्यक्ष गच्छदारले मनोमानी रुपमा काम गरेको भन्दै पार्टी छोड्नु भएको हो ।

नजिकिदै गएको दुई नम्बर प्रदेशको स्थानीय चुनावमा कसरी सफलता हासिल गर्ने भन्दा पनि आफनो मनोमानी ढंगले पार्टी सन्चालन गरेको भन्दै उहाँले राजीनामा दिएको बताउनुभयो । ‘अहिले विजय गच्छदारले जुन तरिकाले काम गरिरहनुभएको छ त्यसले पार्टीलाई सुन्यमा झार्ने संकेत स्पष्ट देखेकाले मैले राजीनामा दिनुपरेको होे’ यादवले भन्नुभयो, ‘परिणाम सुन्य आउने डर बढ्यो, त्यसको अपजस किन ब्यहोर्नु भनेर मैले पार्टीबाट राजीनामा दिएको हुँ ।’ दुई नम्बर प्रदेशमा चुनावमा जाँदै गर्दा चुनावी रणनीति बनाउन आफूले सक्दो प्रयास गरेपनि गच्छदारले गम्भीर रुपमा नलिएको उहाँले बताउनुभयो । अध्यक्षको निर्णय संस्थागत भन्दा व्यक्तिगत भएकाले आफनो मनोबल गिरेको  उहाँले बताउनुभयो ।
 

प्राप्त प्रतिकृयाहरू

To Top