४३ जातीय समूहलाई सूचीकृत गर्न माग

समाज साउन २४ २०७४ .
Aadibasi janjati

काठमाडौं । ४३ जातीय समूहले आफूहरुलाई आदिवासी जनजातिको मान्यता नदिएको भन्दै गुनासो पोखेका छन् । ४३ जातीय समूहले मंगलबार मधेश मिडिया हाउसमा पत्रकार सम्मेलन आयोजना गरी आदिवासी जनजातिको मान्यता प्राप्त गर्न प्रमाण र दस्तावेजसहित बारम्बार सरोकारवाला निकाय, आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको कार्यकारिणी समिति, संचालक परिषद लगायतले कुनै ठोस निर्णय नगरेको गुनासो गरेका छन् ।

नेपाल जनजाति महासंघसँग बारम्बार संवाद, छलफल, जानकारी, अपिल आदि गर्दा पनि आजको मितिसम्म कुनै ठोस निर्णय नगरी अनिर्णयको बन्दी बनाइरहेको अवस्थाले सामाजिक द्वन्द्व, अन्याय, विभेद, असमानता, उत्पीडन, दमन र शोषणले प्रश्रय पाइरहेको आदिवासी किराँत महासंघ केन्द्रीय अध्यक्ष पृथ्वीराज मुकारुङ वान्तवाले बताए ।

‘आदिवासीका अधिकारसम्बन्धी संयुक्त राष्ट्रसंघीय घोषणापत्रको घोषणा गरेको १० वर्ष पुगेको अवसरमा घोषणापत्रको कार्यान्वयनको समिक्षालाई मूल विषय बनाइ सन् २०१७ को ९ अगष्टको दिनलाई विश्वभर मनाइरहेको छ । तर नेपाल आदिवासी जनजाति महासंघ र आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानले आदिवासी जनजातिको मानवअधिकारले प्रदत्त गरेको स्वःपहिचान र आत्मनिर्णयको अधिकार उल्लंघन गरी ४३ भन्दा बढी जाति तथा समुदायहरूको मौलिक पहिचान अर्को जातिमा विलय गराउने गम्भिर जातीय हत्याको कार्य गरिरहेको जानकारी गराउन चाहन्छौं । जुन निन्दनीय र दण्डनीय छन् ।’ पत्रकार सम्मेलनमा वितरण गरेको विज्ञप्तिमा उल्लेख छ ।

 

प्राप्त प्रतिकृयाहरू

To Top