समाचार / विश्व

भारतीय व्यापारी मुकेश अम्बानी यसरी भए एसियाको दोस्रो धनी

साउन २४ २०७४     .
Mukesh ambani 4 1472882336

काठमाडौं, साउन २४–भारतीय व्यापारी मुकेश अम्बानी एसियाकै दोस्रो धनी भएका छन् । उनको कम्पनी रिलायन्स इन्डस्ट्रिजले हालै सार्वजनिक गरेको फोरजी फिचर सहितको जियो फोनले नै उनलाई पुनः एसियाको दोस्रो धनीमा रुपमा स्थापित गरिदिएको छ ।
विदेशी सञ्चार माध्यमका अनुसार केही समय अघि मात्र सार्वजनिक भएको जियोको फोजी स्मार्ट फोनले रिलायन्स इन्डस्ट्रिजको पनि विश्वास वढेको छ । जसका कारण कम्पनीको सेयर मुल्यमा वृद्धि भएको छ । उनले सो मोवाइलमा ३१ अर्ब डलर लगानी गरेको जनाइएको छ ।
एसियाका दोस्रो धनी भारतीय व्यापार अम्वानीको कुल समपत्ति ३५.२ अर्ब डलर छ । उनको यसवर्षमात्रै १२.१ विलियन डलर सम्पत्ति थप भएको छ । विगतमा २००८ देखि २०१२ सम्म मुकेश एसियाका सवैभन्दा धनीको व्यक्तिको सूचीमा थिए । तर, विस्तारै उनको लगानीमा ह्रास आएपछि चीनका ज्याकमा उनी भन्दा धनीमा आएका थिए ।
 

0 प्रतिकृयाहरू प्राप्त

To Top