ललितपुरको कुसुन्तीमा प्रहरीको ‘इन्काउन्टर’, प्रवीण खत्रीको मृत्यु

समाज साउन २३ २०७४ .
Goli thokeko

ललितपुर, साउन २३– ललितपुरको कुसुन्तीमा अरुणिमा बस्ती वडानम्बर १३ मा प्रहरी इन्काउन्टरमा एकजना कुख्यात लागुऔषध कारोबारीको मृत्यु भएको छ । प्रहरी ‘इन्काउन्टर’मा लागूऔषध कारोबारमा संलग्न रहेका प्रवीण खत्रीको मृत्यु भएको हो । प्रहरीले खत्री लागुऔषधका कारोवारी भएको भन्दै खोजीकार्य जारी राखेको थियो ।
सोमबार पौने २ बजे उनै खत्रीको खोजीमा हिडेको महानगरीय प्रहरी महासाखाको टोलीलाई देख्नासाथ खत्रीले २ हातमा रहेका अटोमेटिक पेस्तोल तेस्र्याएपछि प्रहरीले जवाफी फायर खोलेको थियो । महानगरीय प्रहरी अपराध महाशाखाका एसपी दिनेश आमात्यले प्रहरीलाई देख्नासाथ खत्रीले गोली चलाएपछि प्रहरीले गोली चलाएको हो ।
आमात्यका अनुसार घट्नास्थलबाट खत्रीले बोकेका दुइवटा पेस्तोल बरामद गरेको छ ।
 

प्राप्त प्रतिकृयाहरू

To Top