समाचार / स्वास्थ्य

आँखामा हुने क्यान्सरका बिरामी बढि

साउन २३ २०७४     डा. वेन लिम्बू
Eye cancer syptoms 1

डा. वेन लिम्बू ,आँखारोग विशेषज्ञ   |  

आँखामा हुने विभिन्न समस्याबारे धेरैलाई थाहा छैन । सोही कारण आँखामा हुने क्यान्सरका बिरामी बढिरहेका छन् । विश्वमै सर्ने रोगको तुलनामा क्यान्सर रोग अग्र स्थानमा आइसकेको छ । पेटको क्यान्सर, मुखको क्यान्सर, पाठेघरको क्यान्सर, पाचन प्रणालीको क्यान्सरबारे धेरैलाई थाहा छ, तर आँखामा हुने क्यान्सरबारे धेरैलाई थाहै छैन । सोबारे ज्ञान नहुँदा धेरै मान्छेको अकालमा ज्यान गइरहेको छ । आँखाको क्यान्सर पहिलो स्टेजमै थाहा भयो भने उपचार सम्भव छ । तर, सुरुको अवस्थामा थाहा पाउन सकिएन भने आँखा निकाल्नुपर्ने खतरा हुने चिकित्सकहरू बताउँछन् । पछिल्लो समयमा बालबालिकाहरूमा आँखाको क्यान्सर देखिएको छ । आँखाको क्यान्सरबाट मृत्यु हुने बालबालिकाको संख्या बढ्दो छ । आँखामा क्यान्सर हुन्छ भन्ने सामान्य जनचेतनासम्म नहुँदा यस्ता समस्या भएका बालबालिका बढिरहेका छन् । बालबालिकामा मात्र नभएर अन्य उमेर समूहका मानिसमा पनि आँखाको क्यान्सर हुन्छ । आँखामा हुने क्यान्सरबारे आँखारोग विशेषज्ञ वेन लिम्बूसँग नयाँ पत्रिकाकर्मी सरला कट्टेलले सोधेका केही प्रश्नको जवाफ जस्ताको त्यस्तै :

प्रमुख लक्षण
नेपाली समाजमा आँखा टेढो हुनु ।

आँखाको कालो भागको बीच भाग सेतो देखिनु, बत्ती बाल्दा आँखामा सेतो टल्कनु ।

रंगीन फोटोमा आँखाको नानी सेतो देखिनु, दुवै आँखाको नानी उस्तै नदेखिनु ।

आँखा टेढो हुनु, रातो हुनु, दुख्नु, दृष्टि कम हुनु ।

आँखामा क्यान्सर भए कहिलेकाहीँ आँखाको डल्लो बाहिर निस्कन्छ ।

 

क्यान्सर भए के गर्ने ?
समयमै उपचार गर्नुपर्छ । यदि उपचार गर्न नसकिए बिरामीको दृष्टि गुम्नुका साथै शरीरका विभिन्न भागमा रोग फैलिएर बिरामीको मुत्यु हुन्छ ।
आँखाको क्यान्सर रोग प्रारम्भिक अवस्थामै पत्ता लागे आँखा र दृष्टि बचाउन सकिन्छ । प्रारम्भिक अवस्थामा आँखाको क्यान्सर पत्ता लागे आँखालाई बचाउन सकिन्छ ।

आँखाको क्यान्सर जेनेटिक पनि हुन सक्छ । बच्चाको शरीरमा हुने जिन बिग्रेर खराबी आएमा क्यान्सर देखापर्न सक्छ ।

आँखाको क्यान्सर बिग्रियो भने शरीरबाट सर्दै टाउको, हड्डी, कलेजो, मुटु, पेट आदि अंगमा पनि पुग्न सक्छ ।

पहिलो स्टेजमै आँखाको क्यान्सर थाहा भएको खण्डमा किमोथेरापी, रेडियोथेरापी, अप्रेसन गरेर उपचार गर्न सकिन्छ ।

बालबालिकाको आँखामा हुने क्यान्सर बढ्दो क्रममा रहेका कारण अनौठो लक्षण देखिनेबित्तिकै आँखाको डाक्टरकहाँ लानुपर्छ । समय–समयमा आँखा जँचाउने गर्नुपर्छ । बालबालिकाको आँखामा आउने समस्याको बारेमा बाबु–आमाले ध्यान दिनुपर्छ ।

 

0 प्रतिकृयाहरू प्राप्त

To Top