दुई राप्रपालाई ९ महिनाअघि जसले जोड्यो, अहिले उसैले तोड्यो !

राजनीति साउन २३ २०७४ .
Xrpp central committee meeting 282 29.jpg.pagespeed.ic.isl0rhcrq

काठमाडौं, साउन २३ – राप्रपा नेपालमा आफ्ना १२ सांसद मिसाएर एकीकृत राप्रपा गठन भएको ९ महिनापछि राष्ट्रिय प्रजातन्त्र पार्टी फुटेको छ । १२ सांसद लिएर भित्रिनुभएका पशुपति शमशेर राणाले १९ सांसद लिएर बाहिरिनुभएपछि अध्यक्ष कमल थापासँग अव १५ मात्रै सांसद देखिएका छन् ।

संविधान संशोधन र शेरबहादुर देउवा नेतृत्वको कांग्रेस–माओवादी गठबन्धन सरकारमा सहभागिताका विषयमा भएको विवादले राप्रपा फुटेको देखिन्छ । तर, राप्रपाको एकता र विभाजन दुवैका भित्री कारण खोतल्ने हो भने बेग्लै चित्र देखिन्छ । संविधान संशोधनमा दुईतिहाई पुर्याउन जुन शक्तिले राप्रपालाई एकतामा ल्याएको थियो, संशोधनको पक्षमा एकमुष्ट रहन नसकेपछि राप्रपाको सिंगो सांसद संख्याले सरकारको विपक्षमा रहेका शक्तिहरुलाई बलियो देखाउने भएपछि त्यही शक्तिले राप्रपा विभाजित गराएको देखिन्छ । एकीकरणपछि राप्रपामा ३७ सांसद थिए । राणा नेतृत्वको राप्रपाका १२ र थापा नेतृत्वको राप्रपा नेपालका २५ सांसद थिए । विभाजित हुँदा राणाले ८ सांसद नाफा गर्नुभएको छ । राणा नेतृत्वको पुरानो राप्रपाका १२ सांसद मध्ये सूर्यबहादुर थापाको निधन भएपछि ११ सांसद मात्रै बाँकी थिए ।  

गात कात्तिक ३० गते भब्य समारोहबीच राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टीले एकता गरेका बेला माओवादी कांग्रेस गठबन्धन सरकारले संविधान संशोधनको जोडदार प्रयास अघि बढाएको थियो । संविधान संशोधनप्रति असहमत रहेको राप्रपा नेपालसँग २५ सांसद थिए भने संशोधनको पक्षमा रहेको राप्रपासँग १२ । दुई पार्टीलाई एकीकरण गरेपछि संसदमा ३७ सिटको एउटै ढिक्को संविधान संशोधनका पक्षमा आउने विश्वास गरिएको थियो ।

केपी ओली नेतृत्वको सरकारमा परराष्ट्रमन्त्री रहेका कमल थापालाई संविधान संशोधनको पक्षमा तान्न सक्नु भारत परस्त राजनीति गर्नेहरुका लागि सफलता थियो । नाकाबन्दीलाई झुकाएर नेपालले चीनसँग पारवहन लगायतका १० सम्झौता गरेपछि भारत अव नेपालमाथि नाकाबन्दी लगाएर तर्साउने अस्त्र गुमेकोमा मुर्मुरिएको थियो । नाकाबन्दीको पराजय र चीनसँग पनि पारवहन खुल्नुलाई भारतलाई चिढ्याएको अर्थ लगाउँदै तत्कालीन प्रधानमन्त्री केपी ओलीलाई भारत विरोधी, खोक्रो राष्ट्रवादी भन्दै सराप्ने देशभित्रै रहेका बेला भारत मुर्मुरिनु स्वाभाविकै थियो ।

चीनसँग नेपालले गरेको सम्झौता लागू हुन नदिन पुष्पकमल दाहाललाई प्रयोग गरेर सरकार ढाल्ने र फेरि भारतीय डोमिनेशनको प्रवन्ध गर्नेगरी देउवा–दाहाल गठबन्धन बनाउने काम गत साउनमै सम्पन्न भएको थियो । उक्त गठबन्धन मार्फत नाकाबन्दीलाई जायज सावित गर्ने र नेपालले संविधान बनाउनु, आफ्नो सार्वभौक अधिकार प्रयोग गरी चीनसँग पारवहन सन्धी गर्नु नाजायज सावित गर्न खोजिएको थियो । त्यसैले गठबन्धनका समर्थक ‘जनता’ देखि ‘लेखक’ ‘पत्रकार’सम्मले केपी ओलीलाई खोक्रो राष्ट्रवादी भन्दै चीनसँगको पारवहनको विरोध र नाकाबन्दीको पक्षमा अभियान नै चलाए ।

नेपालले चीनसँग गरेका सम्झौता कमजोर बनाउन र भारतले भने अनुसार संविधान संशोधन गर्ने मार्गचित्र दाहाल–देउवासँग थियो । त्यो मार्गचित्रको पक्षमा कमल थापालाई ल्याएपछि दुईतिहाई पुर्याउन सकिन्छ भन्ने उनीहरुको विश्वास थियो । त्यसैले पशुपति शमशेरको राप्रपा र कमल थापाको राप्रपा नेपालका बीच एकता गरिएको थियो ।

संविधान संशोधनमा दुईतिहाई पुर्याउने उद्धेश्यसाथ एकीकरण गरिएको राप्रपा संशोधनका पक्षमा एकमत साथ उभिने नसक्ने देखियो । यस्तो अवस्थामा राप्रपा एकीकृत रहनु एमाले सहितको विपक्षी गठबन्धन बलियो हुनु हो । त्यसैले संशोधनका लागि जसले दुई राप्रपा जोडेको थियो, जोडिएको राप्रपा संशोधननका लागि हानीकारक हुने ठानेपछि त्यसैले तोड्यो ।
 

प्राप्त प्रतिकृयाहरू

To Top