सोमबार राति चन्द्रग्रहण,ग्रहणको समयमा के गर्ने के नगर्ने ? कुन् राशीको लागिको शुभ

समाज साउन २३ २०७४ रासस
Chandra grahan1

काठमाडौँ,साउन २३ । श्रावण शुक्ल पूर्णिमाका दिन साउन २३ गते सोमबार राति चन्द्रग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

सोमबार राति ११ बजेर ७ मिनेटदेखि ग्रहणले स्पर्श गर्ने समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिए । राति १२ बजेर ६ मिनेटमा ग्रहणको मध्यकाल हुनेछ ।एक बजेर चार मिनेटमा मोक्षकाल अर्थात् ग्रहण सकिने उनले बताए । एक घण्टा ५७ मिनेट लाग्ने ग्रहण नेपालबाट पनि देखिनेछ । चन्द्रबिम्बको दक्षिण दिशामा मात्रै कालो छायाँ देख्न सकिन्छ ।छायाँ आग्नेयकोणबाट प्रवेश गरी नैऋत्यकोणबाट बाहिर निस्कन्छ । शास्त्रीय रुपमा बालक, वृद्ध र रोगी बाहेककालाई दिउँसो २ बजेर सात मिनेटदेखि भोजन निषेध गरिएको छ ।

यो ग्रहण लागेको बेलामा मेष ,कन्या ,मीन राशि भएका व्यक्तिहरुलाई बिशेष असर गर्ने शास्त्रीय तथा ज्योतिषीय मान्यता रहेको छ। त्यस्तै, श्रावण नक्षत्र र मकर राशी भएका व्यक्तिहरुलाई अतिकष्ट हुने योग रहेको छ। अरुहरुलाई भने सामान्य लाभ वा हानी हुनेछ। त्यसैले यो बेलामा गंगा स्नान ,जप ,हवन ,पाठ - पारायण ,दान - धर्म गरेमा अरुबेलामा गरेको भन्दा अधिक फल प्राप्त हुने मान्यता रहेको छ।

यो ग्रहण लागेको बेलामा के - के गर्नुहुँदैन र ग्रहण लागेको बेलामा के - के गर्नु पर्दछ ?

"निद्रायां जायते ब्याधी मुत्रे दारिद्रमाप्नुयात्,
पुरिषे कृमि योनिश्च मैथुने ग्रामसुकर :
अभ्यञ्जने भवेत्कुष्टि भोजने स्यादधोगति,
बन्धने च भवेत् सर्प बधे च नरकं व्रजेत्।।"

अर्थात् यो बेलामा सुतेमा रोग लाग्दछ, दिसा-पिसाव गरेमा दरिद्र हुन्छ ,त्यसपछि दिसा - पिसावको किरोको योनीमा जन्महुन्छ, मैथुन गरेमा  अर्को जन्ममा पशुको रुपमा जन्म हुन्छ, शृङ्गार वा गाजल लगाएमा कुष्टिरोगी भर्इन्छ,भोजन गरेमा अधोगति {पतन }हुन्छ, बन्धनमा बसेमा सर्पको रुपमा जन्म हुन्छ । बिज्ञानले पनि यो ग्रहण लागेको बेलामा ब्याक्टोरीयाको किटाणु घुम्ने हुँदा नखानु भनेको छ। त्यसैले ग्रहण लागेको बेलामा शरीरमा ब्याक्टोरिया बस्ने हुँदा ग्रहण सकिएपछि स्नान गर्नु पर्दछ।

राशीहरुलार्इ चन्द्रग्रहणको  फल -
मेष राशि - सुख
वृष राशि - माननाश :
मिथुन राशि - कष्ट
कर्कट राशि - स्त्रीपिडा :
सिंह राशि - सौख्य
कन्या राशि - चिन्ता
तुला राशि - व्यथा
वृश्चिक राशि - लक्ष्मी प्राप्त
धनु राशि - क्षति :
मकर राशि - घात :
कुम्भ राशि - खर्च
मीन राशि - लाभ
 

 

 

प्राप्त प्रतिकृयाहरू

To Top