सरकारमा जान राप्रपा फुट्यो, २२ सांसदलाई मन्त्रीको आश्वासन

राजनीति साउन २३ २०७४ .
Xpashupati 281 29.jpg.pagespeed.ic.u4wk 9m3wy

काठमाडौं,साउन २२ –  शेरबहादुर देउवा नेतृत्वको सरकारमा चार मन्त्रालय पाउने भएपछि पशुपति शमसेर राणाले राष्ट्रिय प्रजातन्त्र पार्टी फुटाएर राप्रपा (प्रजातान्त्रिक) गठन गर्नुभएको छ । यससँगै कमल थापा नेतृत्वको राप्रपा विधिवत रुपमा फुटेको छ ।

२५ सांसद रहेको कमल थापा नेतृत्वको राप्रपा नेपाल र १२ सांसद रहेको राणा नेतृत्वको राप्रपाबीच गत कात्तिकमा एकता भएको थियो । एकताबाट बैकल्पिक शक्ति बन्ने अपेक्षा राखेको राप्रपा गत स्थानीय निर्वाचनमा कमजोर चौथो दल बन्न पुग्यो ।  राणाले २२ सांसदलाई साथ लिएर नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिनुभएको छ । पार्टीका ७२ केन्द्रीय सदस्य समेत आफ्नो पक्षमा भएको राणा पक्षको दावी छ । संविधान संशोधन र  सरकारमा सहभागिताको विषयमा राप्रपाभित्र विवाद चर्कंदै गएपछि फुट्ने अनुमान गरिंदै आएको थियो ।
 

प्राप्त प्रतिकृयाहरू

To Top