ओलीले शिक्षकको अवमुल्यन गरेको भनी प्रचारित भाषण

राजनीति साउन २२ २०७४ .
Oili

काठमाडौं, साउन २२–एमाले अध्यक्ष केपी शर्मा ओलीले शिक्षकलाई अवमुल्यन गरेको भनी विभिन्न सञ्चार माध्यममा प्रकाशित समाचारको यथार्थ भने ठीक विपरित पाइएको छ । ओलीले शिक्षकलाई जवलेस मास्टर भनेको र आत्महत्या गर्नबाट बंचेकाहरु शिक्षक हुन्छन् भनी समाचार प्रकाशित भएका थिए ।

तर, ओलीले अनेरास्ववियुको शैक्षिक विभागद्वारा आयोजित कार्यक्रममा शिक्षकको अवमुल्यन होइन, जीवनोपयोगी शिक्षाका लागि प्राविधिक र ब्यावसायिक शिक्षामा जोड दिनु पर्ने वताउँदै जवलेस मास्टर र रोजगार पाउन नसकेर आत्महत्या गर्नबाट रोक्न सक्ने शिक्षा आजको आवश्यक भएको वताउनु भएको थियो ।

हामीलाई अर्थाेपेडिक डक्टर कति चाहियो ? शिक्षामा विभिन्न विधा हुन्छन् । हामीलाई कति कृषि वैज्ञानिक चाहियो ? कति नर्सहरु चाहियो ? यी सबै कुरामा हाम्रो राष्ट्रिय आवश्यकता के हो ? हाम्रो योजना के हो ? हाम्रो एग्रीकल्चरका लागि, मोर्डनाइज्ड गर्नका लागि, कमर्सियल बनाउनका लागि के कस्तो जनशक्ति, कस्तो दक्षताको चाहियो ? त्यसको योजना बनाएर अनि त्यस योजना अनुसार कहाँ एग्रीकल्चर क्याम्पस, कहाँ नर्सिङ क्याम्पस, कहाँ मेडिकल कलेज, कहाँ इन्जिनियरिङ क्याम्पस भन्ने कुराका आधारमा हामी जनशक्ति तयार गर्दैनौं । अव गाउँपालिकालाई उही एजुकेशन नै पढाउने योजना दिने हो भने यो देश जवलेस टिचरहरुको देश हुन्छ । (ओलीको संकेत एजुकेशन पढेर पनि शिक्षक बन्न नसक्ने बेरोजगार जनसंख्याप्रति थियो । किनभने एजुकेशन डिग्री लिएपछि शिक्षक बन्न योग्य हुन सक्छ तर, शिक्षक बन्न चाहिँ शिक्षक नै बन्नुपर्छ आयोग पास गरेर)

पढिसकेपछि मान्छे पाए त टिचर पनि हुन्थ्यो । जवलेस आइएड, विएड, एमएड यस्तै यस्तै । यस्तोमा एजुकेशन मात्रै हुन्छ, त्यो एजुकेशनले केही काम गर्दैन । कपाल काट्न आउँछ त्यो एजुकेशन लिएपछि ? आउँदैन । कोट सिलाउन आउँछ ? त्यो पनि आउँदैन । गाडी चलाउन आउँछ ? त्यो पनि छैन । उसले त एजुकेशन पढ्या हो, ड्राइभिङ त सिकेको होइन । अर्थात् हामी जीवनबाट पृथक शिक्षा लिइरहेका छौं । न त्यो एजुकेशन काम लाग्छ, न उसको जीवन चल्छ । उस्तै तरल तरल मान्छे रहेछ भने आत्महत्या गर्छ तरल रहेनछ भने शिक्षक हुन्छ । हामीलाई देशको विकास गर्नुछ भने त्यस्तो एजुकेशन काम लाग्दैन ।

प्राप्त प्रतिकृयाहरू

To Top