विद्यार्थी राजनीति हुँदै भरतपुरको उपप्रमुख बनेकी पार्वती 

राजनीति साउन २२ २०७४ .
Parbati 2

चितवन ,साउन, २२ ।

प्रतिस्पर्धी उम्मेदवारलाई ७ हजार ६ सय १२ मतको भारी मतान्तरले पराजित गरेर पार्वती शाहले आफ्नो लोकप्रियता प्रमाणित गरेकी छिन्। कांग्रेस–
माओवादी संयुक्त गठबन्धनकी उम्मेदवार पार्वती भरतपुरमा सबैभन्दा धेरै मत ल्याएर विजयी हुने जनप्रतिनिधि हुन्। उनले ४७ हजार १ सय ९७ मत ल्याइन्।  निकटतम प्रतिस्पर्धी एमालेकी दिव्य शर्माले ३९ हजार ५२५ मत ल्याइन्। उपप्रमुख चुनिएपछि पार्वतीले भरतपुलाई नमुना महानगरका रुपमा विकास गर्ने बताएकी छिन्। ‘प्रमुख र उपप्रमुख पद दुबैमा महिला विजयी भएका छौं। यस महागनरलाई नमुना बनाएर महिलाले पनि अवसरमा पाएमा प्रमाणित गर्न सक्छन् भन्ने देखाउँछौं,’ जीतपछि उनले भनिन्।  विं सं. २०२४ साल भदौ ४ गते साबिकको गुञ्जानगर गाउँ विकास समिति वडा नम्वर ४ (भरतपुर महानगरपालिका वडा नं. १८) मा जन्मिएकी शाहले प्रविणता प्रमाणपत्र तहसम्मको अध्ययन गरेकी छिन्। कृष्ण बहादुर शाह र देवीमाया शाहको पहिलो सन्तानको रुपमा जन्मिएकी शाहले आफ्नो स्कुले शिक्षा गाउँमै पूरा गरेकी थिइन्।  प्रविणता प्रमाणपत्र तह अध्ययनका क्रममा भरतपुरमा रहेको वीरेन्द्र बहुमुखि क्याम्पसबाट उनले आफ्नो राजनीतिक यात्रा सुरु गरिन्। शाह साबिक भरतपुर नगरपालिका वडा नम्वर १२ को तरुण दलकी अध्यक्ष, नगर सदस्य, जिल्ला सदस्य हुँदै काठमाडौंमा गठित नारायणी – बागमती अञ्चलको सम्पर्क समितिको निर्वाचित अध्यक्ष समेत भइसकेकी छिन्। उनी अहिले पनि नेपाल महिला संघ चितवनको अध्यक्ष हुन्।  शाहले नेपाल तरुण दलको केन्द्रीय सदस्य तथा केन्द्रीय सचिव जस्तो जिम्मेवारी समेत बहन गरिसकेकी छिन्। २०६२-०६३ मा भएको जनआन्दोलनका समयमा चार महिना हिरासत जीवन बिताएकी शाह नेपाली काँग्रेसको ११ औ महाधिवेशनमा महाधिवशन प्रतिनिधि थिइन्।  
 

प्राप्त प्रतिकृयाहरू

To Top