विजयी भएपछि रेणुले भनिन्,'भरतपुरलाई नेपालकै समृद्ध महानगर बनाउँछु' दुबैजना महिला आएको छौं ।  

राजनीति साउन २२ २०७४ .
Renu 2

चितवन ,साउन, २२ ।

 प्रमुखमा विजयी भएपछि माओवादी नेतृ रेणु दाहालले भरतपुर महानगरपालिकालाई देशकै समृद्ध महानगर बनाउने बताएकी छिन्।  'चुनौतीका बीच विजयी भएको छु। भरतपुर महानगरलाई समृद्ध महानगर बनाउने मेरो मुख्य उद्देश्य हो। त्यसका लागि सबैको साथ लिएर अघि बढ्नेछु,' उनले भनिन्। महिलाको हक-अधिकारमा आफ्नो ध्यान केन्द्रित गर्ने उनले बताइन्। कांग्रेस-माओवादी गठबन्धनकी उम्मेदवार रहेकी रेणु एमालेका देवी ज्ञवालीलाई २ सय ३ मतान्तरले हराएर प्रमुख चुनिएकी हुन्। वडा नम्बर २० को मतगणना सम्पन्‍न भएसँगै सार्वजनिक भएको अन्तिम मतपरिणाम अनुसार उनले ४३ हजार १ सय २७ मत ल्याइन्। एमाले उम्मेदवार देवी ज्ञवालीले ४२ हजार ९ सय २४ मत ल्याए। गठबन्धनबाट उपप्रमुखमा विजयी भएकी कांग्रेसकी पार्वती शाहले भरतपुरको विकासका लागि कांग्रेस-माओवादीसहित सबै पार्टीसँग सहकार्य गरेर अघि बढ्ने बताइन्। 'दुबैजना महिला आएको छौं । नमुना काम गरेर देखाउँछौं । दुबै पार्टीका एजेन्डा अनुसार मिलेर काम अघि बढाउनेछौं। महिलाका समस्या साधना गरेर अगाडि बढ्ने लक्ष्य छ,' शाहले भनिन्। एमालेकी दिव्य शर्मालाई ७ हजार ६ सय १२ को भारी मतान्तरले पराजित गर्दै शाह उपप्रमुखमा विजयी भएकी हुन्। शाहले ४७ हजार १९७ मत ल्याएर जित हात पार्दा एमालेकी दिव्य शर्मा आचार्यले ३९ हजार ५२५ मत ल्याइन्।
 

प्राप्त प्रतिकृयाहरू

To Top