राजपाको केन्द्रीय पदाधिकारीहरूको बैठक आज सम्पन्न हुने 

राजनीति साउन २१ २०७४ .
Rajapa ko meeting morcha

काठमाडौं,  साउन २१ । राष्ट्रिय जनता पार्टी नेपालको केन्द्रीय पदाधिकारीहरूका बैठक आज सम्पन्न हुने तयारीमा छ ।

यसअघि शुक्रबार अबेर रातिसम्म बैठक सम्पन्न गर्ने तयारी भए पनि धारणा राख्ने पदाधिकारीहरूको सूची नसक्किएका कारण आजसम्म बैठक लम्बिएको हो । 

महासचिव केशव झाले १२ जना पदाधिकारी र अध्यक्षमण्डलका छ जना अध्यक्षहरूले मात्रै धारणा राख्न बाँकी रहेको जानकारी दिनुभयो ।

उहाँले आज साँझसम्म पदाधिकारी बैठक सम्पन्न हुने बताउनुभयो ।

पदाधिकारी बैठकले अध्यक्ष महन्थ ठाकुरद्वारा पेश गरिएको राजनीतिक प्रतिवेदनलाई सामान्य परिमार्जनसहित अनुमोदन गर्नेछ ।

सोही प्रतिवेदनलाई भोलि आइतबारदेखि राजधानीमा सुरु हुने केन्द्रीय कार्यसमिति बैठकमा पेश गरिनेछ ।

अध्यक्ष ठाकुरले संविधान संशोधन नहुँदासम्म स्थानीय तहको ननिर्वाचनमा भाग नलिने भन्ने विषय उल्लेख गर्नुभएको छ ।

प्राप्त प्रतिकृयाहरू

To Top