भरतपुर १९ मा कांग्रेसको प्यानलै विजयी

राजनीति साउन २१ २०७४ .
Devi renu

भरतपुर, साउन २१– भरतपुर १९ को मतगणना सकिएको छ । भरतपुर १९ मा नेपाली कांग्रेसका वडाध्यक्षका उम्मेदवार कर्णबहादुर गुरुङ १४७८ मतका साथ प्यानलसहित विजयी भएका छन् । उनका निकटतम प्रतिद्धन्द्धी  एमाले उम्मेदवारले  १०९७  मत ल्याए । 
१९ वडाको मतगणना सकिँदा मेयरका उम्मेदवार देबी ज्ञवालीले ४१ हजार ९४६ मत ल्याएका छन् भने रेणु दाहालले ४१ हजार ७२५ मत ल्याएकी छन् ।  यस्तै उपप्रमुखमा एमालेका उम्मेदवारले ३८६०५ मत पाउँदा  कांग्रेसका उम्मेदवारले ४५६२३ मत ल्याएका छन् । 

प्राप्त प्रतिकृयाहरू

To Top