भरतपुर अपडेटः रेणु दाहाल २२१ मतले पछाडि

राजनीति साउन २१ २०७४ .
Devi renu

भरतपुर साउन २१– चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १९ को मतगणना सकिएको छ ।  १९ को मतगणना सकिँदा माओवादी केन्द्रकी उम्मेदवार रेणु दाहालले मतान्तर घटाएकी छिन्   । रेणु एमालेका मेयर उम्मेदवार देवी ज्ञवाली भन्दा २२१ मतले पछि परेकी छिन् । 

१९ वडाको मतगणना सकिँदा देबी ज्ञवालीले ४१ हजार ९४६ मत ल्याएका छन् भने रेणुले ४१ हजार ७२५ मत ल्याएकी छन् ।  यस्तै उपप्रमुखमा एमालेका उम्मेदवारले ३८६०५ मत पाउँदा  कांग्रेसका उम्मेदवारले ४५६२३ मत ल्याएका छन् । 
 

प्राप्त प्रतिकृयाहरू

To Top