समाचार / खेल

सातै प्रदेशमा अन्तराष्ट्रियस्तरको रंगशाला बनाउने छौं : मन्त्री केसी

साउन १९ २०७४     .
Rajendra kumar kc11 400x250

काठमाडौं, साउन १९– युवा तथा खेलकुदमन्त्री राजेन्द्रकुमार केसीले ७ वटै प्रदेशमा अन्र्तराष्ट्रियस्तरको रंगशाला स्थापना गर्ने बताएका छन् । बिहीबार काठमाडौमा भएको कार्यक्रममा बोल्दै आफ्नो कार्यकालमा ७ वटै प्रदेशमा अन्र्तराष्ट्रियस्तरका रंगशाला बनाउने बताएका हुन् ।


उनले भने,‘नेपालको खेलकुद क्षेत्रलाई संघीय संरचना अनुसार नै रुपान्तरण गर्न ७ वटै प्रदेशमा अन्र्तराष्ट्रिय स्तरको रंगशाला बनाउने छौं, मैले यसको लागि अहिलेदेखि नै अवधारणा अघि सारिसकेको छु ।’ उनका अनुसार नेपालगन्ज, पोखरा, झापा, विराटनगर जनकपुर लगायतका शहरहरुमा अन्र्तराष्ट्रिय स्तरको रंगशाला बन्नेछन् । त्यस्तै काठमाडौंमा रहेको एकमात्रै अन्र्तराष्ट्रियस्तरको रंगशाला भुकम्पपछि ध्वस्त भएकोले सोको समेत मर्मत सम्भार भैरहेको उनले जानकारी दिए ।


मन्त्री केसीले आफ्नो कार्यकालमा नेपालको खेलकुद क्षेत्रलाई सुदृढ र सवल बनाउनको लागि गम्भिर भएर काम गर्ने समेत विश्वास दिलाए । उनले भने,‘खेलकुद क्षेत्रमा अहिले विभिन्न समस्या देखिएका छन्, एन्फा, ओलम्पिकदेखि क्रिकेट संघमा समेत विवाद छन्, हरेक ठाउँमा विवाद छन्, अहिले १ सय ८० संघ छन्, सबैमा समस्या छन्, विभिन्न संघहरुमा देखिएका सबै समस्याहरुलाई हल गर्नुपर्छ ।’

0 प्रतिकृयाहरू प्राप्त

To Top