अलपत्र नेपालीको उद्दार र मानव तस्करलाई कारवाहीको माग

समाज साउन १५ २०७४ .
Ekata samaj zbig3bdu7y

युएई– युएई नेपाली एकता समाजले भिजिट भिषामा युएई ल्याएर दलालले अलपत्र पारेका बाँकी ५ जनाको उद्दार र मानव तस्करलाई कारवाही हुनुपर्ने माग गरेको छ । समाजले एक प्रेस विज्ञप्ती जारी गर्दै अलपत्र पारिएका नेपालीहरुको दुतावास मार्फत उद्वार गर्न अनुरोध गर्दै भिजिट भिषाको नाममा ठगी गर्ने मानव तस्करी र दलाललाई कारवाही गर्न माग गरेको हो ।


विज्ञप्तीमा १९ जना नेपालीहरु अलपत्र पार्ने मानव तस्कर साजन पाण्डे र अर्थलाइन ट्राभल्सका संचालिका जानकी अधिकारीको मिलेमतोमा नक्कली कागजात र झुटो आश्वासन दिएर युएई ल्याउनेहरु लाई कारवाही र पीडितको उद्दारमा दुतावासले देखाएको उदासिनताप्रति समाजले गहिरो चिन्ता व्यक्त गरेको छ ।

भिजिट भिषामा दलालले युएई ल्याएर अलपत्र १९ जना नेपाली युवाहरु मध्ये १४ जना  गत मंगलबार नेपाल फर्किएका छन् भने बाँकी ४ जनाको ओभर स्टे भएकोले युुएईको आवश्यक कानुनी प्रक्रिया पुरा गरेर मात्र नेपाल फर्कने प्रतिक्षामा रहेपनि उनिहरुको प्रक्रिया अगाडी नबढेको पीडितको गुनासो छ  ।

साथै उनीहरुको उद्दारको लागि अवश्यक कानुनी प्रक्रिया पुरा गर्न दुतावास वा पीडक पाण्डे लागि नपरेको उनीहरुको गुनासो छ ।
 

प्राप्त प्रतिकृयाहरू

To Top