समाचार / मनोरञ्जन

रहेनन् बलिउड अभिनेता इन्द्रकुमार

साउन १४ २०७४     .
Indra

साउन, १४।, बलिउड अभिनेता इन्द्रकुमारको ४४ वर्षको उमेरमा निधन भएको छ । सलमान खान, सञ्जय दत्तजस्ता चर्चित हिरोका साथ अभिनय गरिसकेका इन्द्रको हृदयाघातका कारण बिहीबार राति मुम्बईस्थित आफ्नै निवासमा निधन भएको भारतीय मिडियाले उल्लेख गरेका छन् ।
इन्द्रकुमारको जिन्दगी कन्ट्रोभर्सीले भरिएको छ । झन्डै एक दशक अभिनेत्री ईशा कोप्पीकरसँग लिभ इन रिलेसनमा रहेका उनका श्रीमती र एउटी छोरी छिन् । उनले दुइटा बिहे गरेका थिए । खराब आचरणका कारण इन्द्रलाई अभिनयमा जम्न गाह्रो परेको उनकी पूर्वप्रेमिका ईशाले उल्लेख गरेकी छिन् ।

उनका यही वर्ष ‘हु इज द फस्र्ट वाइफ और माई फादर’ र ‘एक छोटिसी गुजारिस’ नामक दुई फिल्म प्रदर्शन हुने तयारीमा छन् । उनी पछिल्लो दिन ‘फटी पडी है यार’ फिल्मको सुटिङमा व्यस्त थिए । उनले ‘मासुम’, ‘तुमको नाभुल पाएंगे’, ‘खिलाडिओका खिलाडी’, ‘वान्टेड’लगायतका थुप्रै फिल्ममा अभिनय गरेका छन् । इन्द्र विशेष गरी सहायक भूमिकामा निकै जमेका कलाकार हुन् । उनको निधनमा बलिउडकर्मीले दुःख व्यक्त गरेका छन् ।

0 प्रतिकृयाहरू प्राप्त

To Top