श्रीमतीले हाँसो रोक्न नसकेपछि श्रीमानले गरिदिए हत्या

विश्व साउन १४ २०७४ बीबीसी
Cruise avvo2xudpp

साउन १४,। अमेरिकाको अलास्कामा एक व्यक्तिले श्रीमतीको हाँसोबाट रिस उठेका कारण क्रुज शिपमा उनको हत्या गरेको बताइएको छ ।

केनेथ मन्जानारेस नामका एक व्यक्तिमाथि आफ्नी ३९ वर्षीया श्रीमतीको हत्याको आरोप लागेको छ । उनको शव क्याबिनमा भेटिएको थियो र टाउकोमा गहिरो चोट लागेको थियो ।

अदालतमा पेश गरिएको कागजपत्रका अनुसार केनेथको हात र कपडामा रगत देखिएपछि उनलाई पक्राउ गरिएको हो ।

केनेथलाई अदालतको तर्फबाट दिइएको सरकारी वकिलले यसबारे कुनै बयान दिएका छैनन् । अमेरिकी मिडियाले मृतकको पहिचान यूटाको क्रिष्टि मन्जानारेसको रुपमा गरेको छ ।

एक प्रत्यक्षदर्शीका अनुसार उनी एजेन्टभन्दा पहिले उनको क्याबिनमा जाँदा आरोपीले आफ्नी श्रीमतीको शवलाई घिसारेर बाल्कोनीतर्फ लैजादै थिए, समुन्द्रमा फ्याँक्ने उद्देश्यसहित ।

यस्तोमा प्रत्यक्षदर्शीले झटपट महिलाको शवलाई ताने र केनेथलाई पक्राउ गरियो ।

‘जीवन समाप्त भइसकेको छ’

घटनाको कारण सोध्दा केनेथले भने, ‘उनी ममाथि लगातार हाँसिरहेकी थिइन् ।’

पछि सोधपुछको क्रममा एफबीआई एजेन्टसँग केनेथले भने, ‘मेरो जिन्दगी अब समाप्त भइसकेको छ ।’

घटना गत मंगलबार राती एमेराल्ड प्रिन्सेस क्रुज शिपको हो । यो शिप करिब ३ हजार ४ सय यात्रीलाई लिएर सिटलबाट एक हप्ता लामो यात्रामा आइतबार निस्किएको थियो ।

क्रिष्टिके बोसले उनलाई निकै समर्पित र प्रेम गर्ने आमा बताएका छन् जसले बच्चालाई प्राथमिकता दिनका लागि कामलाई किनारा लगाइदिइन् ।

घटनाको अनुसन्धान एफबीआईलाई सुम्पिइएको छ किनभने घटना समुन्द्रमा भएको छ । एजेन्सीका एक प्रवक्ताका अनुसार पीडितको परिवारका अन्य सदस्य पनि क्रुजमा यात्रा गरिरहेका थिए तर उनीहरुबारे केही जानकारी उपलब्ध गराइएको छैन ।

 

प्राप्त प्रतिकृयाहरू

To Top