अर्घाखाँचीका सरकारी कार्यालयका वेभसाइट अपडेट हुन छाडेका

समाज साउन १४ २०७४ .
Sandhikharka2 768x373

अर्घाखाँची  साउन,१४ । अर्घाखाँची जिल्लाका सरकारी कार्यालयका वेभसाइट अपडेट हुन छाडेका छन् ।

जिल्लाको सबैभन्दा महत्त्वपुर्ण सरकारी कार्यालय जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीको वेभसाईट नै २०७३ कात्तिक १० गतेदेखि अहिलेसम्म अपडेटमा छैन । करिब ९ महिना अगाडि तिहारको प्रेस विज्ञप्ति निकालेको जिल्ला प्रशासनको वेबसाइट अहिलेसम्म अपडेट नभएको हो ।

डिल्लीराज पोखरेल प्रमुख जिल्ला अधिकारी भएर आएपछि प्रजिअसहित कर्मचारी विवरण अपडेट भए पनि अन्य कुराहरु भने अपडेट भएको छैन ।
जिल्लाको अर्को महत्त्वपूर्ण कार्यालय जिल्ला समन्वय समितिको वेबसाइट पनि जिल्ला प्रशासनको जस्तै अपडेट विहीन छ । आर्थिक वर्ष २०७१/०७२ मा अपडेट गरिएको वेभसाईटमा त्यसयता कुनै नयाँ कुरा राखिएको छैन । जिससको वेभसाइटमा कर्मचारीको विवरण भने दुरुस्त राखिएको छ ।
जिल्ला शिक्षा कार्यालय अर्घाखाँचीको वेभसाइट अन्य सरकारी कार्यालयको तुलनामा भन्दा अपडेट भएपनि पछिल्लो २ महिना यता अपडेट छैन ।
सन्धीखर्क नगरपालिकाको निवार्चन भएसँगै नगरपालिकाले नयाँ प्रमुख र उपप्रमुखसहित गाउँ कार्यपालिका, विभिन्न वडा अध्यक्ष तथा सदस्यहरु पनि पायो तर, चुनाव सम्पन्न भएको महिनाैं दिन वित्न लाग्दा समेत सन्धीखर्क नगरपालिकाको वेबसाइट अपडेटमा छैन ।

सन्धिखर्कको वेभसाइटमा सन्धीखर्कको परिचयसमेत छैन भने भएका सामग्रीहरुको लिंक खाली छन् । नगरपालिकाको वेबसाइटमा कार्यकारी अधिकृतबाहेक कोही कर्मचारीहरुको नामावली नै छैन ।
जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी नारायण खत्रीले भने ‘वेभसाइट चलाउन सबैले जानेका छैनन, मैले भ्याइनँ, कम्प्युटर अपरेटरलाई निर्देशन दिइसकेको छु, अब निरन्तर अपडेट हुन्छ ।’

 

प्राप्त प्रतिकृयाहरू

To Top