समाचार / रोजगार

आठौं कोरियन भाषा परीक्षाको नतिजा सार्वजनिक, १२ हजार एक सय ८ उत्तीर्ण

साउन 10 २०७४     .
Korean

काठमाडौं  साउन,१०। रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत लिइएको कोरियन भाषा परीक्षाको नतिजा प्रकाशित भएको छ ।

६८ हजार भन्दा बढीले कोरियन भाषा परीक्षा दिएका थिए । उनीहरु मध्ये १२ हजार १०८ उत्तीर्ण भएका ईपीएस कोरिया शाखा प्रमुख बाबुराम खतिवडाले जानकारी दिए ।

उनका अनुसार कृषितर्फ करिब साढे सात हजार परीक्षार्थी उत्तीर्ण भएका छन् ।

सरकारले यसअघि असार १६ गते नतिजा प्रकाशित गर्ने तालिका बनाएको थियो । तर, केही परीक्षार्थीले जेठ २७ र २८ गतेको परीक्षामा जाँच दिन नपाएपछि फेरि एक हप्ता कम्प्युटरमार्फत परीक्षा लिएर नतिजा प्रकाशित गरिएको हो ।

यो वर्षको कोटा अघिल्लो वर्षको भन्दा झन्डै तीन गुणा बढी हो । गत वर्ष ३५ सय युवा कोरियन भाषा परीक्षामा उत्तीर्ण भएका थिए । कोरियाले यहाँ लिएका सबै परीक्षाका उत्तरपुस्तिका स्क्यानिङमार्फत डिजिट्याज्ड गरेर कोरिया लाने गरेको छ । उसले मेसिनको प्रयोग गरेर ओसीआर प्रविधिबाट उत्तरपुस्तिका जाँच्ने गरेको छ ।

परीक्षामा उत्तीर्ण भएका सबै कोरिया जान पाउँछन् भन्ने ग्यारेन्टी भने नहुने ईपीएस शाखाले जनाएको छ । पास भएकालाई रोष्टर लिष्टमा राखेर लेबर कन्ट्रयाक्ट दिने गरिएको छ ।

भाषा परीक्षा पास हुनेहरुलाई आगामी फेब्रुअरीबाट उत्तीर्ण कामदारको मेडिकल लगायतका प्रक्रिया सुरु हुनेछ ।

0 प्रतिकृयाहरू प्राप्त

To Top