समाचार / मनोरञ्जन

रेखाको ‘रुद्रप्रिया’ काे पहिलाे लुक

साउन ९ २०७४     .
Rudra priya1

काठमाडौं साउन,९ । अभिनेतृ रेखा थापाको नयाँ फिल्म ‘रुद्रप्रिया’ को फस्र्ट लुक सार्वजनिक भएको छ । आम नेपाली फिल्मको लुकभन्दा फरक देखिएको ‘रुद्रप्रिया’ कार्तिक २ गते लक्ष्मीपूजाको अवसर पारेर दर्शक माझ ल्याउने तयारी गर्दै छिन रेखाले । ‘रुद्रप्रिया’ को सुटिङ अन्तिम चरणमा पुगेको छ ।

८ वर्षदेखि बन्द भएको रेखा थापा र आर्यन सिग्देलसँगको सम्बन्ध ‘रुद्रप्रिया’ ले फेरि जोडेको छ । यसअघि यी दुबैले सँगै खेलेका प्रायः सबै फिल्म सुपरहिट भएका थिए ।

बबि भुपाल सिंहले निर्देशन गरेको ‘रुद्रप्रिया’ सरस्वती थापा र आर्यन फिल्म्स्ले निर्माण गरेको हो भने कार्यकारी निर्माता रमेश एमके पौडेल हुन । ‘रुद्रप्रिया’ को कथाबस्तु एक्शन लभमा आधारित छ ।

0 प्रतिकृयाहरू प्राप्त

To Top