बागलुङको ग्वालीचौरमा जिप दुर्घटना , ४ जनाको मृत्यू ६ जना घाइते

समाज साउन ९ २०७४ .
Accident baglung

बागलुङ । जिल्लाको बडिगाड गाउँपालिका वडा नं. ५ ग्वालीचौरको बादिपमा सोमबार विहान ८.३० मा  ध १ ज १८४ नंम्वरको पिकअप जिप दुर्घटना भएको छ । दुर्घटना हुँदा ४ जनाको घटनास्थलमै मृत्यू भएको छ भने ६ जना घाइते भएका छन्। घाइतेहरुको अवस्था गम्भिर रहेको र उद्धारका लागि काठमाडौं वाट हेलिकप्टर आउँदै गरेको बडिगाड गाउँपालिकाका प्रमुख मेहरसिंह पाइजाले जानकारी दिए ।  

मृत्यूहुनेहरुमा वडिगाड गाउँपालिका वडा नं. ४ जलजलाका हुमेन काउचा, बडिगाड गाउँपालिका वडा नं. ८ सिमाकका मुक्ती पाइजा, वडा नं. ८ रणसिंहकिटेनीका नर वहादुर शेर्वुजा, र गाडिचालक वडिगाड ४ जलजलाका तुल वहादुर पुन रहेको प्रहरीले जनाएको छ ।  

त्यस्तै वडिगाड वडा नं ८ रणसिंहकिटेनी घर भई हाल ग्वालीचौर वस्दै आएका भिम वहादुर शेर्वुजा, बडिगाड वडा नं. ८ रणसिंहकिटेनीका टेक वहादुर पाइजा र सोहि स्थानका दिपशिखा पाइजाको अवस्था गम्भिर रहेको बताईएको छ ।

त्यस्तै घाइते वडा नं. ८ कै बालमति पाइजा, दिनेश पाईजा, र पाण्डवखानी घर भई वडिगाड ५ सिमाक वस्दै आएका भिम वहादुर श्रीस घाइते उपचारका लागि ग्वालीचौर स्वास्थ्य चौकीमा लागिएको छ । घाइतेको कसैको टाउको फुटेको, कसैको मेरुदण्ड भाँचिएको तथा केहिको हात खुट्टा भाँचिएको प्रहरीले बताएको छ । स्थानिय बासीन्दा र प्रहरीको टोली उद्धारका लागि खटिएको छ । घाईतेको उपचारका लागि नेपाली सेनाको हेलिकप्टरबा काठमाडौ लगिएको स्थानिय स्वास्थ्यकर्मि प्रदिप खरेलले जानकारी दिए ।

जलजलावाट खर्वाङ तर्फ आउँदै गरेको सो जिप ब्रेक फेल भई खसेको हुन सक्ने अनुमान गरिएको छ । पिक जिप सडकवाट झण्डै ७ सय मिटर तल खसेको छ । गाडिका मालिक मन वहादुर पुनले ढुँगा ओट राखि रोक्न खोज्दै गर्दा ओट नाघेर खसेको प्रत्यक्षदर्शिले वताए ।

 

प्राप्त प्रतिकृयाहरू

To Top