चुडामणि शर्माको मुद्दामा मिसिल झिकाउन आदेश, सुनुवाइ लम्बियो

समाज साउन ८ २०७४ .
Chudamani sharma 768x452

काठमाडौं साउन ८– आन्तरिक राजस्व विभागका निलम्बित महानिर्देशक चुडामणि शर्मालाई थुनामुक्त गर्न माग गर्दै परेको रिटको आइतबार पनि सुनुवाई हुन सकेन ।


रिटमा सर्वोच्च अदालतमा आइतबारका लागि राखिएको बृहद् पूर्ण इजलास स्थगित भएको हो । बृहद् पूर्ण इजलासमा न्यायाधीशहरु दीपकराज जोशी, दीपककुमार कार्की, केदारप्रसाद चालिसे, शारदाप्रसाद घिमिरे र अनिलकुमार सिन्हा रहेका थिए ।


विशेष अदालतमा समेत मुद्दा चलिरहेकाले त्यहाँको फाइल मगाउने निर्णय गरेर आइतबारको सुनुवाइ स्थगित भएको हो ।


शर्माकी श्रीमती कल्पना उप्रेती शर्माले  आफ्ना श्रीमानलाई गैरकानुनी तरिकाले थुनामा राखेको भन्दै बन्दीप्रत्यक्षीकरण रिट हालेकी थिइन् ।

प्राप्त प्रतिकृयाहरू

To Top