नेयमारका लागि पीएसजीले २६ अर्ब २६ करोड तिर्ने ?

खेल साउन ८ २०७४ बीबीसी
Neymar 768x432

 काठमाडौं साउन,८ । पछिल्ला खबरहरुलाई मान्ने हो भने फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन नेयमारका लागि १९६ मिलियन पाउण्ड तिर्न तयार भएको छ । यो २६ अर्ब २६ करोड रुपैयाँ हो ।

एउटा खेलाडीका लागि एक सय र ९६ मिलियन पाउण्ड ? यो रकम म्यानचेष्टर युनाइडेलले पल पोग्बालाई भित्र्याउँदा खर्चिएको विश्वको कीर्तिमानी मूल्य ८९ मिलियन पाउण्डको दोब्बर हो । रियल मडि्रडले रोनाल्डोलाई भित्र्याउँदा खर्चिए भन्दा त साढे दुई गुणा बढी हो ।

युनाइटेड र रियल मडि्रड क्लबको सम्पत्ति ३ अर्ब पाउण्डभन्दा बढी छ । दुबै क्लबलाई नेयरमारका लागि यो मूल्य तिर्न सहज होला तर, पीएसजी विश्वका १० धनी क्लबहरुको सूचीमै छैन् ।

उसले कसरी एउटा खेलाडीका लागि आफ्नो सम्पत्तिको एक तिहाई खर्च गर्ला ? उसले यो रकम एकै पटक तिर्छ, किस्तामा तिर्छ वा ब्याजसहित केही वर्ष लगाएर भन्ने खुलेको छैन । तर, पनि ब्राजिलियन स्टार नेयमारलाई भित्र्याउन आतुर देखिएको छ ।

फुटबल वित्त विशेषज्ञ डा. रोब विल्सनले नेयमार र पीएसजी सम्झौतामा पुग्न सक्ने केही संकेत गरे । उनले भने, मानौं, पीएसजी नेयमारका लागि २०० मिलियन तिर्न तयार भयो र १० वर्षको सम्झौता भयो भने उसले बार्सिलोनालाई बाषिर्क २० मिलियन तिर्नेछ । तर, यसमा खेलाडी बेच्ने क्लब पनि सहमत हुनुपर्छ ।’

नेयमारसँग जादुमयी खेल क्षमता मात्र छैन, उनी विश्वबजारमा विक्न सक्ने खेलाडी पनि हुन् ।

अमेरिकी पत्रिका फोर्व्सका अनुसार नेयमार विश्वका सर्बाधिक आम्दानी गर्ने खेलाडीको सूचीको १८ औं नम्बरमा छन् । उनले गत वर्ष ११.५४ मिलियन पाउण्ड पारिश्रमिक पाउँदा व्यवसायिक र्फमहरुबाट १७ मिलियन पाउण्ड कमाएका थिए ।

यो नेयमारका लागि निकै सुखद हो तर, पीएसजीले यसबाट कसरी केही हिस्सा पाउन सक्छ ? विल्सन भन्छन्, ‘मलाई लाग्छ उनीहरुले व्यवसायिक विज्ञापन र आतिरिक्त प्रयोजनबाट फण्ड जम्मा गर्न सक्छन् किनकी नेयमार निकै मार्केटेबल प्लेयर हुन् ।’

बीबीसी

 

प्राप्त प्रतिकृयाहरू

To Top