प्रेम प्रसंगमा कुटपिटकाण्डः कुटाई खाएकी युवतीले दिइन् बयान, रुपन्देही प्रहरीले लियो एक्सन

समाज साउन ६ २०७४ .
Kutpit 69w6aniins

भैरहवा,  । असार १९ गते आफ्नै बाबु, ठूलो बाबु, दाजुबाट निर्घात कुटाई खाएकी किशोरीले आफन्तलाई कार्यवाही नगर्न अनुरोध गरेकी छिन ।

निर्घात कुटाई खाएकी रुपन्देही सम्मरीमाई गाउपालिका वडा नम्बर ६ डिहुलीकी १८ बर्षिय मिना यादवले आफुलाई कर्ता चोट नलागेको र घरमा पनि बाबु आमाले राम्ररी बस्न दिएको बताईन ।

मिनाको भनाई अनुसार असार १९ गतेको दिन घरका सबै जना खेतमा गएको अवश्थामा छिमेकी गाउका दिनेश लोध घर आएका थिए । मिनाले घरबाट जान भने पनि दिनेश जान मानेन्न । सोही क्रममा मिनाका बाबु आमा खेतबाट फर्किएपछि दुवै जनालाई एकसाथ देखे पछि कुटपिट गरेका थिए । उनले पहिले दिनेश संग प्रेम सम्बन्ध भए पनि उनले जादु टुना गरेर प्रेममा पारेको दावी गरिन ।

अहिले हामी २ बिच केही पनि बाकी नरहेको कारण आपसी सहमतिमा ईलाका प्रहरी कार्यालय मर्चवारमा गई छुट्टिएका हौ ।

कुटपिटको शिकार भएकी पिडित मिना यादव, उनका बाबु ईन्नर अहिर र केटा दिनेश लोधलाई ईलाका प्रहरी कार्यालय मर्चवारले हिरासतमा लिएको थियो । केटालाई २ दिनमै छाडेको र आफुलाई प्रहरीले ३ दिन सम्म थुनेको उनले बताईन ।

यता केटा दिनेश लोध भने शुरुमा त आफहरु प्रेममा रहेको नै स्विकार गरेन्न । उनले आफु बाटो हिडिरहेको अवश्थामा मिनाले घरमा बोलाएको दावी गरे । घर बाहिर नै बसेर गफ गरि रहेको अवश्थामा उनका परिवार आई आफहरुलाई निर्घात कुटपिट गरेको दिनेशको भनाई छ ।

पेशाले शिक्षक रहेको दिनेश घटनाको दिन पछि सो पेशा पनि छोडेका छन । उनले आफु उपचार गराउनु पर्ने र घरमै बसेको कारण शिक्षण पेशा छोडेको बताए ।

घटनाको जानकारी पाए लगतै मिना यादव र दिनेश लोधको स्थानिय प्रहरीले उद्दार गरेको थियो । ईलाका प्रहरी कार्यालय मर्चवारको प्रहरी नायब निरिक्षक नरिश्वर अर्यालले “केटाले केटी भेट्न आएको र केटीको बाबुले दुवै जनालाई एकै साथ भेटाए पछि नियन्त्रणमा लिई कुटपिट गर्ने कार्यक्रम गरेको” बताए । आफ्नो छोरी चेली बिगार्ने कसैले पनि फुलमाला नलगाई कुटपिट नै गर्ने उनको भनाई छ । उनले केटा र केटीलाई स्थानिय भद्र भलादमीको रोहवरमा जिम्मा लगाईएको बताए ।

यता सम्मरीमाई गाउ पालिकाका अध्यक्ष जितेन्द्रनाथ शुक्लले आफ्नो क्षेत्रमा भएको अमानवीय घटनाप्रति खेद प्रकट गर्दै स्थानिय प्रशासनलाई सहयोग गर्ने प्रतिवद्धता जनाएका छन । उनले उक्त घटनामा दोष्ी रहेकाहरुलाई कार्यवाही गराउन पहल गर्ने बताए ।

यसै गरि घटना सार्वजनिक भए पछि बिभिन्न अधिकारवादी संगठनहरु पनि सक्रिय भएका छन । माइृती नेपालकी प्रभा खनालले अहिले पनि बि भिन्न स्थानमा यस्ता निकृष्ठ घटनाहरुले निरन्तरता पाएको कारण प्रहरीले कडा कार्यवाही गर्नु पर्ने बताईन । उनले यस घटनालाई हेर्दा अबका दिनमाकुनै महिला, चेली कुटिन नदिन कडा कदम चाल्न आवश्यक रहेको प्रतिक्रिया दिईन ।


बिभिन्न मिडियामा समाचार प्रकाशन एवम प्रसारण भए पछि रुपन्देही प्रहरीले छानबिनका साथै कार्यवाही प्रक्रिया अगाडी बढाएको छ ।

घटनामा संग्लन युवतीका वुवाका इन्नर यादव सहित ६ जना विरुद्ध जिल्ला अदालत रुपन्देहीमा ज्यान मार्ने उद्योगमा मुद्दा दायर गरी कारवाही प्रक्रिया अगाडी बढाइएको रुपन्देहीका प्रहरी प्रमुख एसपी रविन्द्र धानुकले जानकारी दिए ।


धानुकका अनुसार सम्मरीमाई गाउँपालिका वडा नम्बर ६ का ४६ वर्षीय युवातीका वुवा इन्नर यादव, १८ वर्षीय युवतीको दाजु दिनेश यादव, ५५ वर्षीय युवतीको माइलो बुवा लालमोहन अहिर यादव, लालमोहनकी श्रीमती र स्थानिय गाउँले युवा २५ वर्षीय पशुपति कोइरी उपर ज्यान मार्ने उद्योगमा मुद्दा दायर भएको छ ।

यी मध्ये युवतीका वुवा यादवलाई प्रहरीले पक्राउ गरिसकेको कार्यवाही प्रक्रिया अगाडी बढाइसकेको छ ।

उनले घटनाका अनुसन्धान भइरहेको र घटनामा संग्लन अन्य व्यक्तिहरुको खोजी भइरहेको र दोषीलाई कारवाही हुने बताए ।

साथै उनले आफु मातहत रहेको ईलाकामा घटना भए पनि माथिल्लो निकायलाई जानकारी नगराएको कारण इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक उदय सिंह सिंजापति उपर पनि विभागिय कारवाहीको प्रक्रिया अगाडी बढाइएको बताए ।

उनले इप्रका मर्चवारका इन्सपेक्टर सिंजापतिले घटनाको विषयमा जिल्ला प्रहरी कार्यालयमा कुनै जानकारी नगराई काममा लापरवाही गरी आफ्नो जिम्मेवारी बोध नगरको कारण उनी माथि विभागिय कारवाही प्रक्रिया अगाडी बढाइएको बताए ।

विदामा गएका इप्रका मर्चवारका इन्सपेक्टर सिंजापतिलाई जिल्ला प्रहरी कार्यालयमा तानिएको छ । उनी अहिले जिप्रका हाजिर भएका छन् ।
 ​

प्राप्त प्रतिकृयाहरू

To Top