महानगर ब्यवस्थित गर्न प्रधानमन्त्रीसँग सहयोग माग्दै काठमाडौंका मेयर

समाज साउन ५ २०७४ .
Ktm mayor

काठमाडौं, ५ साउन– सडकको पिच गरिसकेपछि भोलिपल्ट खानेपानीको पाइप विच्छ्याउन फेरि  सडक खन्ने, दुर्घटना भएपछि खाल्डो पुर्न निर्देशन, दिने र फेरि खाल्डो पुरेर पिच गरेपछि ढल ब्यवस्थापनका लागि सडक खन्ने खण्डे योजनाले सहर ब्यवस्थापनमा अप्ठ्यारो परेपछि काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न जानु भयो ।

पछिल्लो पटक काठमाडौंको तारकेश्वर नगरपालिकामा सडकको खाल्डोमा बालिका परेपछि प्रधानमन्त्री देउवाले सडकका खाल्डाहरु पुन निर्देशन दिनु भएको थियो । खाल्डा पुर्न निर्देशन दिएपछि पुर्ने काम त सुरु भएको छ तर, त्यहाँ फेरि भत्काउने काम पनि सुरु गर्नु पर्नेछ । विकासका काममा एकीकृत योजना र पहल नहुँदा यस्ता समस्या आइपरेपछि काठमाडौंका मेयर शाक्य त्यसबारे ध्यानाकर्षण गर्न प्रधानमन्त्रीलाई भेट्न जानु भएको हो ।

भेटका क्रममा काठमाडौंको विकास तथा सेवा व्यवस्थापन गर्न छरिएर रहेका अधिकारलाई एकीकृत गर्न र स्थानीय तहलाई प्राप्त संवैधानिक अधिकार प्रयोग गर्न प्रधानमन्त्री देउवाले मेयर शाक्यलाई आग्रह आग्रह गर्नुभयो ।

मेयर शाक्यसँगै उपमेयर  हरिप्रभा खड्गी र कार्यकारी अधिकृत ईश्वरराज पौडेल पनि प्रधानमन्त्रीलाई भेट्न पुग्नु भएको थियो । अधिकार सम्पन्न स्थानीय तह बने पनि ब्यवहारमा अझै अधिकार ओगटेर बसेका माथिल्ला संरचनाहरुले गर्दा काम सुरु गर्न अप्ठ्यारो परेको मेयर शाक्यको भनाई थियो । प्रधानमन्त्री देउवाले स्थानीय सरकार बनेकाले अव ती निकायहरुले प्रयोग गरेको अधिकार महानगरपालिकाले प्रयोग गर्नु पर्ने र त्यसका लागि आफूले सघाउने वताउनु भयो ।

भेटका क्रममा महानगरका मेयर शाक्यले विकास निर्माण, उपयोग र व्यवस्थापनमा विगतमा भएका कमजोरी सच्याउँदैमा अहिले समय खर्च भइरहेको गुनासो गर्नु भएको थियो । ‘विकास निर्माण, उपयोग र ब्यवस्थापनमा पहिले भएका कमजोरी सच्याउँदैमा समय वितेको छ । नागरिकका चाहना असीमित छन्’ मेयर शाक्यको भनाई थियो, ‘एउटा निकाय आउँछ सडक बनाउँछ, अर्काे भोलिपल्टै आएर भत्काउँछ, । पहिले भएका कमजोरी सच्याएर परिणाममुखी काम गर्नै अप्ठ्यारो परिरहेको छ ।’

जवाफमा प्रधानमन्त्री देउवाले राजधानी सहरको व्यवस्थापनका लागि अधिकार र स्रोत महानगरलाई उपलब्ध गराउने आश्वासन दिनुभयो । भेटका क्रममा उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले विगतमा खण्डीकृत रुपमा निर्माण गरिएका भौतिक संरचनाको त्रुटीबाट अहिले समस्या परिरहेको बताउनु भयो ।

 

प्राप्त प्रतिकृयाहरू

To Top