समाचार / स्वास्थ्य

गुल्मी अस्पतालको व्याथाः ५० शैया घोषणा मात्रै , विरामीलाई भुईमा सुताएर उपचार

साउन ३ २०७४     .
Gulmi 1 768x461

गुल्मी, साउन–३ । गुल्मीको जिल्ला अस्पताललाई सरकारले ५० शैयाको अस्पताल स्तर बृद्धि घोषणा गरेको तिन वर्ष भयो तर त्यो अहिले सम्म  घोषणा मै सिमित रहेको छ ।  ३ वर्ष अघि देशका २२ वटा अस्पताल मध्ये गुल्मीको जिल्ला अस्पताल तम्घासलाई पनि १५ शैयाबाट  सरकारले ५० शैया घोषणा गरेको थियो ।
    
    सरकाले ५० शैयाको घोषणा गरेपनि कार्यन्वयन नगरे पछि विरामीको बढ्दो  चाँपका कारण अस्पताल विकास समितिले   आन्तरिक श्रोतबाट  ३० शैयाको बनाएको छ ।  छिमेकी जिल्ला वाग्लुङ्ग, अर्घाखाँची र प्युठानका समेत छिमेकी गाउँवासीले उपचार सेवा लिदै आएको त्यस अस्पतालमा विगतको  तुलनामा सेवाग्राहीको संख्या ह्वात्तै बढेको छ ।  दैनिक  २ सय  जना सम्म विरामीको स्वास्थ्य उपचार गरी रहेको त्यस अस्पतालमा यति वेला वर्षायाम सुरु भए लगत्तै ज्वरो , झाडा वान्ताका  विरामीहरुको थप चाँप बढेको छ ।
  १६ जनाको दरवन्दीमा जम्मा ५ जना डाक्टर, एक जना पनि छैनन विशेषज्ञ त्यस अस्पतालका मेडिकल सुपरिटेण्डन डाक्टर श्यामकिशोर चौधरीका अनुसार  १६ जना   डाक्टरहरुको दरवन्दी रहेकोमा ११ जना डाक्टर सरकारले पठाएको छैन् ।  सरकारले एक जना विशेषज्ञ डाक्टर समेत  पठाएको छैन् । सरकारले जम्मा ४ जना मेडिकल अधिकृत स्तरका डाक्टर र एक जना डेन्टल  सर्जक डाक्टर पठाएको छ ।
     
   लामो सयम देखि  निक साईमन ईन्सिच्ुट काठमाण्डौले पठाउँदै आएको एक जना विशेषज्ञ डाक्टर प्रकाश पुन मगर , मेडिकल अधिकृत डाक्टर अञ्जना सापकोटा ,  स्टाफ नर्स दुर्गा पातली र अनेस पोसिया असिस्टेन विरेन्द्र प्रसाद यादव  र सरकारी तिनै पाँच जना डाक्टरको भरमा त्यस अस्पताल चलेको छ । तिन वर्ष अघि ५० शैयाको अस्पताल घोषणा भए पनि औषधी उपचारका लागि न कुनै रकम, न भौतिक पुर्वधार र  जनशक्ति सरकाले पठाएको मेडिकल सुपरिटेण्डन डाक्टर चौधरीले बताए ।

    गत  जम्मा वार्षिक तिन लाखको भरमा चलेको त्यस अस्पतालमा गत आर्थिक वर्षमा १५ लाख रुपैयाँ आएको र त्यसबाट औषधी पुराईएको डाक्टर  चौधरीले जानकारी दिए । विरामी मात्र होईन त्यस अस्पतालमा  प्रशुति सेवा लिन आउने महिलाहरुको संख्या पनि बढेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा झण्डै २ सय जना प्रशुति सेवा लिने महिलाको संख्या बढेको तथ्याङकले देखाएको छ । अघिल्लो आर्थिक वर्षमा साढे    ५  सय करिव थियो भने गत आर्थिक वर्षमा ७ सय ८० जना महिला त्यस अस्पतालमा सुत्केरी भएका छन् ।

   दुर्गम स्थानबाट समेत महिलाहरु सुत्केरी गराउन आएको देखिन्थ्यो । यसरी तिन वर्ष अघि ५० शैयाको घोषणा भएको् अस्पतालमा आवस्यक जनशक्ती , पुर्वधार र रकम विनियोजनमा सरकारको ध्यान जानु पर्नेमा डाक्टर चौधरीको मात्र नभई  सवै पक्षको जोड रहेको छ ।

0 प्रतिकृयाहरू प्राप्त

To Top