समाचार / शिक्षा

भोजभतेरमा खर्चिने रकम विद्यालयलाई सहयोग

साउन २ २०७४     .
1%283%29

गुल्मी, साउन २ । गुल्मीको रेसुंगा नगरपालीकाका एक जन प्रतिनिधिले चुनाव जितेपछि भोज भतेरमा गर्ने अनावश्यक खर्च रकमलाई विद्यालयमा हस्तान्तरण गर्नु भएको छ । रेसुंगा नगरपालीका ७ वाट नवनिर्वाचित वडा अध्यक्ष मोहन प्रसाद पाण्डेले आफ्ना वावुआमाको नाममा अक्षयकोष स्थापनागरी वडामा रहेका तीनवटा प्राथमिक विद्यालयहरुलाई १५÷१५ हजारका दरले  रकम हस्तान्तरण गर्नु भएको हो ।
भोज भतेरमा अनावश्यक खर्च गरेर खेर फाल्नु भन्दा बरु सो रकमलाई सामाजिक क्षेत्रमा सहयोग गर्नुपर्छ भन्ने भावना अनुरुप विद्यालयमा खर्चिएको पाण्डेले बताउनु भयो । पाण्डेले गरेको सहयोग सानो भएपनि समाजका लागि निकै अनुकरणीय र सह्रानीय काम भएको स्थानीयहरुले बताएका छन् ।
२०४१ सालमा स्थापना भएको नवज्योति प्रावि नेटा, २०३९ सालमा स्थापना भएको अर्जुन प्रावि कुडापानी र २०४७ सालमा स्थापना भएको सृजना प्रावि भुजेलखर्कलाई उक्त सहयोग हस्तान्तरण गरिएको हो । ‘पहिलेदेखि नै बिद्यालय र बिद्यार्थीका समस्यासंग नजिक थिए,’ पाण्डेले भने,‘यो व्यतिmगत सानो सहयोग हो, जनप्रतिनिधिको नाताले भविश्यमा धेरै काम गर्नेछु ।’
    पाण्डेले ती बिद्यालयमा अध्ययन गर्ने बालबालिकाको लागि भनेर ‘यमकान्त मनकली पाण्डे गरिव तथा जेहेन्दार छात्रवृती अक्षयकोष’ निर्माण गरेका छन् । अक्षयकोषको चेक बुझ्दै नवज्योति प्राविका प्रध्यानाध्यापक गोकर्ण फुल्देलले पैसाको मुल्य भन्दा हिम्मत र हौसला नै प्रमुख कुरा भएको बताउनु भएको छ । पाण्डेले जनप्रतिनिधिको हैसियतवाट प्राप्त सेवा सुविधा समेत आफुले व्यक्तिगत रुपमा नलिने निर्णय गर्दै उक्त रकमलाई सामाजिक क्षेत्रमै खर्चिने प्रतिवद्धता समेत व्यक्त गर्नु भएको छ ।

 

0 प्रतिकृयाहरू प्राप्त

To Top