आम्दानी उस्तै, खर्च बढ्यो, बचत घट्यो :आहा–रारा फुटबल

खेल असार ३१ २०७४ .
Sahara club 15072017033239 600x0

पोखरा ,असार ३१- खर्चमा मितव्ययिता अपनाउन नसक्दा मुलुककै प्रतिष्ठित फुटबल प्रतियोगिता आहा–रारा गोल्डकपको आयोजक सहारा क्लवको आम्दानी स्थिर भएपनि बचत घटेको छ । गत माघमा पोखरा रंगशालामा सम्पन्न प्रतियोगिताको १५ औं संस्करणबाट क्लवले अघिल्लो वर्षका तुलनामा ७ लाख ४१ हजार भन्दा कम बचत गरेको छ ।

प्रतियोगिताको १४ औं संस्करणमा ३५ लाख २ हजार बचत भएकोमा १५ औं संस्करणमा बचत २७ लाख ७८ हजारमा सीमित भएको छ । गत माघको पहिलो र दोस्रो साता पोखरा रंगशालामा भएको उक्त प्रतियोगिताको आयव्यय विवरण आयोजक सहारा क्लवले शनिवार सार्वजनिक गरेको हो ।

 

 

प्राप्त प्रतिकृयाहरू

To Top